असार ११ ।
सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराह नगरपालिका–९ ढोलबज्याङ्का सत्यनारायण चौधरीको ५० वर्षीया श्रीमती भुनियादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले चौधरीलाई भँैसी गोठमा बसिरहेको अवस्थामा गएराति आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।