आज:  | Sat, 10, Dec, 2022

माल्दिभ्समा भारतकाे अघोषित नाकाबन्दी

२०७५, ११ असार सोमबार १३:५७ मा प्रकाशित ( ४ साल अघि) ३५११६ पाठक संख्या

असार ११ ।

भारतले माल्दिभ्समा अघोषित नाकाबन्दी लगाएको छ । आलु, प्याज, अण्डालगायत अन्य खाद्यान्नको निर्यात कटौती गर्दै भारतले माल्दिभ्समा अत्यावश्यक वस्तुको निर्यातमा कटौती गरेको छ । भारतको यो कदमले माल्दिभ्समा खाद्यान्न अभाव हुन सक्ने देखिएको छ । तर माल्दिभ्सले खाद्यान्नको लागि कुनै समस्या नहुने प्रतिक्रिया दिएको छ ।

केही समय यता माल्दिभ्ससँगको बिग्रँदो सम्बन्धका कारण भारतले निर्यात कटौती गरेको हुन सक्ने अन्तराष्ट्रिय विश्लेषकहरुको भनाईरहेको छ । माल्दिभ्समा चीनको प्रभव बढ्दै गएको भन्दै भारत रुष्ट बनेको उनिहरुको भनाईरहेकोछ ।

खबर एक्सप्रेस