असार १२ ।
नेपाल वायु सेवा निगमले २८० सिट क्षमताको एयर बस कम्पनीको वाइड बडी ए ३३० जहाज बिहीबार काठमाडौँ ल्याइर्पुयाउने भएको छ। ३३०(२०० सिरिजको वाइड बडी जहाज लिनका लागि नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारसहितको तीन सदस्यीय टोली मंगलबार युरोपतर्फ लागेको छ ।
जहाजलाई बिहीबार बिहान ८ बजेर २० मा काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा अवतरण गराउने तालिका बनाइएको छ । बिहीबार काठमाडौँमा अवतरण भएको एक महिनापछि यो जहाजले दुबईमा पहिलो व्यवसायिक उडान थाल्नेछ ।