बिदेश खबर
अमेरिकाको सर्वोच्च अदालतले मुस्लिम देशहरूलाई लक्षित गर्दै ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्धको पक्षमा निर्णय गरेको छ। तल्लो अदालतले प्रतिबन्धको बिपक्षमा दिएको आदेशलाई सर्वोच्च अदालतले उल्टाइदिएको हो । प्रतिबन्ध राष्ट्रिय सुरक्षाको लागि भएको भन्दै यसमा हस्तक्षेप नगर्ने जनाएको बिबिसिले उल्लेख गरेको छ ।
ईरान, लिबिया, सोमालिया, सीरिया र यमनलाई लगायत मुलुकका नागरिकहरुलाई लक्षित गरि लगाइएको प्रतिबन्धको शरणार्थी तथा मानव अधिकार वादी समूहहरुले आलोचना गर्दै आएका छन ।