असार १३ ।
प्रदेश १ को सरकारले विराटनगरमा अन्तर्रा्ष्ट्रियस्तरको विमानस्थल निर्माणका लागि काम अगाडि बढाउन संघीय सरकारलाई आग्रह गरेको छ । प्रदेश १ को मन्त्रिपरिषदको बैठकले विराटनगर विमानस्थललाई ३ हजार मिटरको धावन मार्गसहितको अन्तर्रा्ष्ट्रियस्तरको विमानस्थलको रुपमा विकास गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको आन्तिरिक मामिला तथा कानूनमन्त्री हिकमत कार्कीले जानकारी दिनुभयो ।
बैठकले विभागीय मन्त्रलायहरुले तयार पारेको तीनवटा विधेयक संसदमा लाने गरी स्वीकृति प्रदान गरेको पनि छ ।