आज:  | Fri, 22, Mar, 2024

आजबाट मनुसन सक्रिय हुने

२०७५, १३ असार बुधबार १६:४१ मा प्रकाशित ( ५ साल अघि) १३०३६ पाठक संख्या

असार १३ ।
आजबाट देशभर मनुसन सक्रिय हुने भएको छ । गत ८ जुनमा नेपालको पूर्व भागबाट फैलिएको मनसुनी वायु दुई साता बितिसक्दा पूर्वी र मध्य क्षेत्रमा मात्रै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । एक सातामा नै मुलुकभर फैलने गरेकोमा पश्चिमी वायुको प्रभावका कारण नेपालमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
हिजो बिहानैदेखि पश्चिमी वायुको प्रभाव कमजोर भएको र मनसुनी वायु सक्रिय बन्दै गएकाले आज साँझसम्म पश्चिम नेपालमा पनि मनसुनी वायु सक्रिय बन्नेछ । नेपालमा औसत रूपमा १० जुनमा मनसुन भित्रने गरेको छ । गत वर्ष १२ जुनमा मात्र मनसुन सुरु भएकोमा यस वर्ष ८ जुनमै मनसुन प्रवेश गरेको मौसमविद् पौडेलले बताउनु भयो । नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ ।

यसैबिच नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सप्तरीको तिलाठीबाट डुवान क्षेत्रको अनुगमन थालेको छ । २८ वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको बेला डुवान क्षेत्रहरुको अनुगमनका लागि संयुक्त प्राविधिक टोली खटाउने सहमति भएको थियो ।
त्यसअनुसार खाँडो नदीले डुवानमा पारेको तिलाठी क्षेत्रबाट अनुगमन सुरु भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । टोलीले डुवान क्षेत्रहरुको अगुमन गर्नेछ र बाँध भत्काउनु पर्ने वा खोल्नु पर्ने रिपोर्ट दिने बताईएको छ ।

खबर एक्सप्रेस