आज:  | Wed, 07, Dec, 2022

चितवनमा डल्फिनको बच्चा देखियो

२०७५, १३ असार बुधबार १६:४८ मा प्रकाशित ( ४ साल अघि) १०२५८ पाठक संख्या

असार १३ ।
नारायणी नदीमा दुर्लभ माछा डल्फिनले बच्चा जन्माएको छ । नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले जानकारी दिनुभयो । यसअघि सो क्षेत्रमा माउ डल्फिन दुईवटा देखिँदै आएकामा हाल बच्चासमेत देखिएपछि डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको हो ।

नदीमा घडियाल गोहीको अनुगमनका क्रममा डल्फिनको बच्चा देखिएको भए पनि तस्बीर लिन भने नसकिएको खड्काको भनाई रहेको छ । नदीमा डल्फिनको संख्या थपिदै गएमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र आर्यालले जानकारी दिनुभयो ।।

खबर एक्सप्रेस