आज:  | Tue, 23, Apr, 2024

हिम मानव अर्थात यति को रहस्य !

२०७६, ३ जेष्ठ शुक्रबार ०७:५१ मा प्रकाशित ( ४ साल अघि) ५९६३९ पाठक संख्या

 

विश्व मान चित्रमा केवल एउटा थोप्लो समान नेपाल भौगोलिक रूपले जति सानो छ, रहस्य का हिसाबले त्यति नै अनौठो छ I उत्तरमा संसार कै सर्वोच्च शिखर सगरमाथा सँगै अनेकौँ हिमाल, त्यसको मुन्तिर अग्ला\होचा पहाडी भेग र पुच्छर मा तराइका फाटले सुसज्जित यो देश !
आज हामी संसार मात्र नभएर त्यस बाहिर निस्केर ब्रमाण्ड सम्मको खोज र अध्यन गर्न तम्सिन्छौ तर आफ्नै देश सँग चाही हामी कत्तिको परिचित छौ त ? यो प्रश्न एक पल्ट आफैले आफैलाई सोधौँ त !

 

भौगोलिक विविधता सँगै हाम्रो देशमा संसार कै दुर्लभ वनस्पति, जरिबुटि तथा जीव\जन्तुको अस्तित्व रहेको छ I
त्यसै मध्य एक हिमाली भेगमा रहने जीव हो हिम मानव जसलाई यतिको नामले पनि चिनिन्छ I यो करिब आठ देखि नौ फिटको हुने गर्छ I जसको

लगभग दुई सय के.जी. वजन हुने गर्छ I जसको डरलाग्दो शारीरिक बनोट हुन्छ I

झट्ट हेर्दा मानिस र गोरिलाको संयोजित जीव जस्तो देखिने यति बाँदर रूपी चेहराको हुन्छ I यो जीव नेपाल, भारत, पाकिस्तान, चीन तथा रसियामा समेत रहेको अनुमान लगाउने गरिन्छ I नेपालमा यसलाई दर्जनौँ मानिसले देखि सकेको दाबी गरेका छन् I जसमा तेन्जिंग नोर्गे सेर्पाका पिताले सम्म देखेको दाबी छ I उनी सँगै हिम मानव देख्ने अन्य समूहको त्यसको केही दिन मै बिरामी का कारण मृत्यु भयो I मानिस जस्तै दुवै खुट्टाले हिँड्न सक्ने चिसो,शान्त र हिमाली भेगमा रहने यो हिम मानव रातमा सिकार खोज्छ भने दिनमा सुत्ने या आराम गर्ने गर्छ I यही कारणले गर्दा पनि सहजै देख्न सकिँदै I यसको मुख्य आहारमा चौरी गाई, भेडा र हिमाली जीव जन्तु नै हुन I यो हेर्दा डर लाग्दो र भीम काय भए पनि यसले शान्त पूर्ण वातावरण मन पराउने गर्दछ I यो खुम्बु क्षेत्रको आसपास, एभरेस्ट बेस क्याप नजिक देखापर्ने मान्यता रहेको छ I यो यस्तो रहस्य मय प्राणी हो I जो केही सेकेन्डका निम्ति देखा पर्ने र तुरुन्तै गायब पनि हुने गरेको भनाई रहेको छ I केही समय अघि क्यानडा एक स्थानमा जमिन खोतल्ने क्रममा फेला परेको एक ठुलो पैतालाको निसान हेम युगमा मानव अस्तित्व रहेको थियो भन्ने कुरालाई पुष्टि सङ्केत गर्दछ I यस क्षेत्रमा फेला परेको उक्त पैताको निसानले सारा दुन्याका पुरातात्विक विद् र वैज्ञानिकहरू लाई चकित बनाएको छ I अक्रियो लोजिकल अनुसन्धान कर्तालाई यस प्रकारका २९ प्रमाण प्रातः भएको थियो I साथमा मानवीय हतियार र कृषि यन्त्र पनि फेला परेका थिए I अनुसन्धानका आधारमा उक्त पाइला १३ हजार वर्ष अघिको भएको अनुमान गरिएको हो I जुन समय पृथ्वी हिम युगमा थियो I तर आज हामी के दाबी गर्न सक्छौ ? यति ठुलो निसान हिम युगमा रहने हिम मानव कै हो ? जसको प्रजाति आज अपनी प्रिथिवि को कुनै न कुनै कुनामा रहेको छ I

सन् २००८ डिसेम्बर २ मा भारतको अरुणाअंचल प्रदेश को दृनांग जिल्लामा केही मज्जुर हरूलाई रहस्य मे तरिकाले मारिएको थियो I प्रहरीले पहिले त यो घटना कुनै लुटपाट वा आपसी दुस्मनी का कारण सोचेका थिए तर पोष्टमाटमको नतिजा आए पछि थाह भयो कि उक्त हत्या रहस्यमय थियो I मजदुर हरूलाई गला माडेर मारिएको थियो I अनुसन्धानका निम्ति घटना स्थलमा जाँच पड्ताल गर्दा त्यहाँ केही पाइला हरूका निसाना पाइयो I जुन पाइला हरू मानिसका पाइला भन्दा निकै ठुला थिए I मानौँ कुनै दैत्य आकारका मानवले उक्त घटना घटाएको हो I नभए यति ठुलो पैतालाको निशानी कसको हुन् सक्छ ? त्यति बेला यो घटना रहस्यमय रह्यो I जुन आकृतिको पैतालाको निशानी फेला पर्‍यो त्यति ठुलो पाइला भएकै मानिस संसारमा कहाँ खोज्न जाने ?
पछि यसलाई हेम मानवको उपस्थिति सँग जोड्डीयो I संसारमा १८३२ मा सर्वप्रथम यतिको अस्तित्व रहेको पत्ता लागेको थियो I जब पर्वतारोही बिएच हर्डसन उत्तरी नेपालकोपहाडी इलाकामा ट्रेकिङ गरी रहेका थिए I उक्त समयमा उनका सायोगीले एक विशाल प्राणीलाई देखे जुन प्राणी मानिस झैँ खुट्टाले टेकेर हिडीरहेको थियो I जुन यस्तो भयानक थियो कि; जसलाई देख्न साथ उनका सहयोगी त्यहाँ बाट भागे I जुन कुरा उनले एसिया टिक सोसाइटिक जनरलमा उल्लेख गरेका छन् I हार्डसनले नै यस विचित्र प्राणीको नाम यति राखेका थिए I किन भने यस प्राणीको पैतालाको निशानी सामान्य मानिसको दाँजोमा निकै ठुलो हुन्छ I त्यसैले यसलाई बिग फुट पनि भन्ने गरिन्छ I सन् २००७ नोभेम्बर ३० मा यतिको फुट प्रिन्ट सगरमाथामा फेला परेको कुरा द हिमालयन टायम्सले आफ्नो दैनिक पत्रिकामा प्रकाशित गरेको थियो I

 

 

आज सम्म पनि अनेकौँ जीव र वनस्पतिको अस्तित्व अनुसन्धान मै सीमित रहेको छ I
र यति पनि यस्तै अनुसन्धान मै सीमित रहेको एउटा विषय हो I कति देख्ने व्यक्तिको कुरा लाई स्वीकार गरेर र भिन्न अनुसन्धान का आधारमा यतिको पुष्टि त हुन सकेको छैन I यसलाई अनुसन्धान कर्ता र वैज्ञानिक हरूले अस्वीकार पनि गर्न सकेका छैनन् र पुष्टि पनि गर्न सकेका छैन I यसको पुष्टि का निम्ति कयौँ वर्ष पनि लाग्न सक्ला त्यो आफ्नै ठाउँमा छ I तर यो संसार आफैमा पनि एक रहस्य हो I र आज सम्म पनि यहाँका अनेकौँ जीव, वनस्पति तथा भूगोलका विषयमा सोध तथा अनुसन्धान हुन् सकेका छैनन् I

श्रोत; Bishawa Ghatana

प्रस्तुती: ईश्वर लुइँटेल

खबर एक्सप्रेस