प्रश्न: आगमी दसकमा ढल्दै जाने सम्भावना रहेका क्षेत्र के-के होलान?

डा.किश्वोर अधिकारी : हामिले अहिले सम्म खासै त्यो ढल्दै जाने क्षेत्र मा हात हालेका छौ जस्तो मलाइ लाग्दैन।
जस्तै ढल्दै जाने सम्भावना भएका क्षेत्र वैद्युतिय उत्पादन (उपकरण) थियो। जुन हामिले गरेकै छैन। हामी आफैले गाडी पनि बनायौ जुन खासै चल्न सकेन। भनेपछी हामिले त्यो प्रतिबद्ध गर्न सग्दैनौ। त्यसैले नेपालमा ढल्दै जाने क्षेत्र भनेर मैले खासै देखेको छैन। राजनैतिक दल धेरै खुल्दै जाने। NGO/INGO हरुको संख्या धेरै हुने, बिदेशी निकायको सहयोगमा निर्भर रहेका सस्था धेरै हुने यी क्षेत्रहरु चाहिँ कम्जोर हुनसक्छन। जुन कम्जोर हुनु पनि जरुरी छ।
यहाँ हाम्रो आफ्नो अर्थतन्त्र उनिहरुको चाहना कहिलेकाही नमिल्न सक्छ। त्यसकारण यी क्षेत्रहरु चाहिँ कम्जोर हुँदै जान्छ्न। अरु अहिले राम्रो लगनी भएको र पछि ढल्दै जाने क्षेत्रहरुq चाहिँ मैले देखेको छैन।प्रश्न: आगामी दशकमा उदाउन सक्ने क्षेत्रहरुका लागि आजको चुनौती के के देख्नुहुन्छ?

तस्विर: webpal.com.np
डा.किश्वोर अधिकारी : नेपालको आजको सन्दर्भमा लगभग ३७०० स्कुल छ्न। त्यस्तै टन्नै कलेजहरु छ्न। बिश्वबिद्धालयहरु खुल्दै छ्न। तर त्यसलाइ चाहिने आफ्ना दक्ष-जनशक्ति उत्पादन गर्न भने सकेका छैनौं। एक त हामिले दसकौ पछिको सपना देख्दै छौ। जस्कालागी पहिले त त्यसलाइ चाहिने आफ्नै दक्ष जनशक्तिको निर्माण आवस्यक हुन्छ। नत्र हामीले बाहिरबाट ल्याउनुपर्ने हुन्छ। बाहिरबाट आएर हेरिदियोस भन्दा त्यसमा चुनौती धेरै हुन्छ। अनि हाम्रो धेरै रकम बाहिर जान्छ। उनिहरुलाइ हामिले धेरै रकम तिर्नु पर्ने हुन्छ। एउटा उदाहरण हेर्दा साउदी-अरेबिया यस्तो रास्ट्र हो जहाको सरकारले आफ्ना दक्ष जनशक्ति निर्माण गर्न आफै लगानी गरेर बाहिर पठाउछ। बाहिर जन्मेर आफ्नो देशमा फर्किने बिस्वकै सबै भन्दा बढी नागरिक नै आज साउदी अरेबियाका छ्न। हामिले त्यो रणनीति बनाउनु पर्छ। अर्को चाहिँ राज्य आफ्नै रणनीति बनाएर त्या सम्म पुग्न एउटा दृस्ठिकोणमा केन्द्रित भएर लाग्न सक्नु पर्छ। हामी सपना चाहिँ जहिले देख्छौ। सपना जहिले बाड्छौ। तर त्यस अनुसारको चरणहरु चाहिँ संशोधन गर्दैनौ। त्यसले हामीले सस्कारलाइ संशोधन गरेनौ भने त्यस्को लागि चाहिने संचित आधारभुत संरचना बनाएन भने हाम्रो आफ्नो शैक्षिक सस्थाहरुले हामिलाइ चाहिने मानव संसाधन उत्पादन गर्न नसग्दा यो चुनौतीहरु चाहिँ देखिन्छ।प्रश्न: यी क्षेत्रहरूको स्थायित्वको लागि सरकारले के-कस्तो नितिगत सहयोग गरे फाइदाजनक हुनसक्छ ?
डा.किश्वोर अधिकारी : सरकार जहिलेपनी आर्थिक बिकास को लागि सहयोगी हुन्छ। जस्तै नेपालमा समतल जमिन एकदम कम छ। पहाडी भेगहरु धेरै छ।
हिमाली क्षेत्रहरु धेरै छ। त्यस्तो ठाउमा प्लेन गएन भनेर आफै उडाउछ। तर निजि क्षेत्रले धेरै उडान थाल्यो भने सरकारले आफ्नो लगानी कम गर्छ र अर्को जुन चाहिँ आवस्यक क्षेत्रहुन्छ त्यता लगानी गर्छ। तर हाम्रो सरकले के कमजोरी गरेको छ भने त्यही प्रतिस्पर्धा गरेर बस्छ। सरकारले चिनी बेच्छ, नुन बेच्छ। आफैले पेट्रोल बेच्छु भन्छ। कहिले जिबनजल निकाल्ने भन्छ। कपडा उद्योग खोल्ने भन्छ। त्यो त सहि नीति र सहज बाताबरण बानाएर निजि कम्पनीलाई जिम्मा दियो भने उनिहरु गरि हाल्छ्न नि! आज हेर्नुहोस निजि क्षेत्रमा कति पैसा छ। बैंकको साझेदारी हिस्सा १ अर्बको खुल्दा १६/१७ अर्ब सम्मको माग हुन्छ। अभनेपछी पैसा त ट्न्नै छ। तर उनिहरुले के गर्छन भने सरकारले राम्रो लगानिको बाताबरण नबनाइदिएको हुदा राम्रो नीति निर्धारण नगर्दिदा पैसा अड्किएको छ। मान्छेले एक दिनमा ३० किलो सुन किन्दै छ। त्यो पनि पर्याप्त नभएर कालोबजारी मार्फत आउँछ।
भनेपछी कति पैसा रैछ यहाँ? अब तिहारमा गरिने खर्च हेरौ। मैले एउटा फरक ठाउमा बोल्ने गर्छु; जब ब्यक्तिले कामको सम्मान गर्दैन, राज्यले करदाताको सम्मान गर्दैन। तब सम्म त्यो राज्यमा समृद्धि छाउदैन।
(प्राध्यापक डा. किश्वोर अधिकारी संग इश्वोर लुइँटेलले गरेको कुराकानीमा आधारित)