आज:  | Tue, 26, Sep, 2023

हाम्रो मनका तिन तह र यसका फाईदा !

२०७६, ६ जेष्ठ सोमबार ०७:०१ मा प्रकाशित ( ४ साल अघि) ३८५५३ पाठक संख्या

सिग्मण्ड फ्रेडले मनो-विज्ञानमा पुर्याएको योग्दान, हाम्रो जीवनमा त्यसको प्रभाव महत्वपूर्ण छ । हाम्रो बुद्धि (मन) तीन तहमा बिभाजित छ।

 

चेतना (Conscious): चेतनशील मन भन्नाले हामीले दिन-प्रतिदिन अनुभव गर्ने “वास्तविकता”I यसमा हाम्रो पाँच इन्द्रियको प्रयोग, हरेक दिन आउने ५०,००००+ सोच, विचार, महसुस गर्न सकिने भावना पर्छ। चेतनशील मन र यसको प्रयोग हाम्रो बसमा हुन्छ। हामीलाई यो चेतनशील मन ठुलो लाग्ला तर यसको शक्ति, प्रभाव हाम्रो थोरै हुन्छ।

 

अल्प-चेतना  (Sub-conscious): अल्प-चेतनशील मन “खुशी/आनन्द”को औचित्य तर्फ़ मानवलाई लैजान्छI यसमा हाम्रो बानी, व्यवहार, समरण शक्ति, शारीरिक हाउभाउ, श्रीजनशीलता, कल्पना शक्ति पर्छ। अल्प-चेतनशील मन र यसको प्रयोग केहि हदसम्म हाम्रो बसमा हुन्छ, केहि हदसम्म हुदैन। हामीलाई यो अल्प-चेतनशील सुन्दा दो-धारे लाग्ला यसको शक्ति, प्रभाव हाम्रो निकै ठुलो र गहिरो हुन्छ।

 

अ-चेतना (Unconscious): अ-चेतन मनले हाम्रो “नैतिकता” निर्धारण गर्छ। हाम्रो मुल्य-मान्यताहरु, स्वाभाविक मानव गुण (हिड्ने, बोल्ने, खाने, सुत्ने) जस्ता सिकाई, मस्तिस्कको कोड़, रोगहरु बिरुद्ध प्रतिरक्षक अ-चेतनमा पर्छ। यसको प्रयोग हाम्रो बसमा छैन। यसको निर्धारण हाम्रो संस्कार, हुर्काई-बढाईले गर्ने हो।

 

यो ज्ञानले हामीलाई के फाईदा?

माथि देखाईएको अल्प-चेतन मनलाई सु-मार्गमा लैजाने भूमिकाले नै कुनै पनि व्यक्तिको जीवन सफलता तर्फ़ लैजाने हो।  यसमा हाम्रो हस्तछेपले नै हाम्रो पेशागत, पारिवारिक र व्यक्तिगत जीवनलाई सुमधुर बनाउने हो। दुई-तीनवटा प्रयोग गरौँ, मन परे अल्प-चेतनशील मन सँग कति हस्तछेप गर्ने, तपाईको व्यक्तिगत बिचार।

 

१) नयाँ राम्रो बानी बसाल्न:- हरेक दिन सुत्नु भन्दा अघि आफुले धन्यवाद भन्नु पर्ने, राम्रो लाग्ने, ईच्छाको काम,  पढाई, सम्बन्धबारे मन लगाएर सोच्नुहोस्। सुत्ने भन्दा ५ मिनेट पहिला हाम्रो अल्प-चेतन मनलाई हामी तालिम दिन सक्छौँ। र, विस्तारै दिन-प्रतिदिन आफ्नो जीवन र व्यक्तित्वमा परिवर्तन पाउनुहोस्। आफ्नो सपना पूरा गर्ने क्षमता आफुमा पाउन थाल्नुहुन्छ।

 

२) २१ दिनमा सफलताको बाटो:- हरेक दिन २-३ मिनेट शान्त बसेर, आफ्नुले चाहेको सफलताबारे मन लगाएर कल्पना गर्नुहोस। बिज्ञानिक रुपमा भनिएको छ कि २१ दिनसम्म कुनै पनि प्रक्रिया दोहोराए, त्यो कल्पनालाई यथार्थ बिस्तारै रुपान्तरण गर्ने क्षमता हामीमा बिकास हुन्छ। यो क्रिया गर्दा सकेसम्म एउटै स्थान र हरेक दिन एउटै समयमा गरे राम्रो हुन्छ।

 

३) आत्म-विश्वास बढ़ाउन:- एउटा प्रयोग गरौँ। हरेक दिन बिहान आफ्नु काममा निस्किनु अघि अईना हेर्ने, मुस्कुराउने अनि भन्ने म मेहेनेती छु, म स्वस्थ छु, म ईमान्दार छु, म सुन्दार छु, आदि (जे-पनि हुन सक्छ) व्यक्तिगत ईच्छा। विस्तारै आत्म-विश्वास, आत्म-सन्तुष्टी र खुशी बढ्दै जान्छ।

(नोट: मनोविज्ञान विषयको अध्ययन र विकासको सुरुवात युरोप र अमेरिकी राष्ट्रहरुबाट भएकाले सबै खोज, लेख, रचना अंगेजीमा छ। मनोविज्ञान विषयको लेख नेपालीमा अनुवादन गर्ने हामीलाई जानकारी भए सम्म यो पहिलो प्रयास हो। चेतनशील, अल्प-चेतनशील, अ-चेतन, ईत्यादी शब्दको प्रयोगले कुनै बैज्ञानिक मान्यता पाएको त छैन। यो पाठकहरुको बुझाई र सिकाईको लागी हो)

बिबिता कोइराला, मनो-परामर्श विषयमा स्नातकोतर गर्दै हुनुहुन्छ। उहाँ उद्यमशीलता, कला-साहित्य र व्यवस्थापनको क्षेत्रमा पनि सक्रिय र विशेष रुचि राख्नुहुन्छ। उहाँले  हरेक हप्ता मनोविज्ञान र मनोजीवन बारे आफ्नु लेख, नयाँ प्रहरमा योगदान गर्नुहुन्छ। मनोविज्ञानको दैनिक जीवनमा र जीवन व्यवस्थापनमा ठुलो भूमिका हुन्छ र यसले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन सकिन्छ भन्ने उहाँको विश्वास छ।

खबर एक्सप्रेस