आज:  | Mon, 25, Sep, 2023

निर्माता संघ र लुम्बिनी इन्सुरेन्स बिच चलचित्र बिमा सम्झौता..

२०७६, ६ जेष्ठ सोमबार १६:१२ मा प्रकाशित ( ४ साल अघि) ३६६२७ पाठक संख्या

काठमाडौँ

निर्माता संघ र लुम्बिनी जेनेरल इन्सुरेन्स बीच ‘चलचित्र प्रोजेक्ट बिमा’को औपचारीक सम्झौता भएको छ। चलचित्र निर्माणका क्रममा आइ पर्ने भैपरीलाइ मध्यनजर गर्दै निर्माता संघ र इन्सुरेन्स कम्पनि बीच सम्झौता भएको हो। सोमबार राजधानीमा एक कार्यक्रमका बीच निर्माता संघका अध्यक्ष आकाश अधिकारी र लुम्बिनी इन्सुरेन्सका सिइओ एन.पि प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरॆका छन्।

DSC_5629.00_03_33_10.Still001

निर्माता संघले स्वीकृति दिएपछि मात्र निर्माताले चलाचित्रको इन्सुरेन्स गर्न पाउनेछन। निर्माताले चलचित्र विकास वोर्डमा आफ्नो चलचित्र दर्ता गर्दा भरेको लगानी विवरणको एक प्रतिसत रकम बिमा कम्पनीलाई बुझाउनु पर्ने हुन्छ। उक्त एक प्रतिशत रकमको पाँच प्रतिशत रकम इन्सुरेन्स कम्पनीले निर्माता संघमा बुझाउने छ।

DSC_5584

चलचित्र छायांकनका क्रममा हुने हानिको इन्सुरेन्स कम्पनीले åएक महिना भित्र भुक्तानी गर्ने सीइओ प्रधानले बताए। भ्यालुएटर र सर्वेक्षकले निर्धारण गरेको रकम बिमा कम्पनीले भुक्तानी गर्ने उनले जानकारी दिए। यो सम्पूर्ण प्रक्रियाको लागि निर्माता संघले निर्मातालाई सहयोग गर्नेछ।

 

यो बिमा स्वेच्छाले गर्ने हो। यदि कसैले दुर्घटना बिमा मात्र गर्छु भन्न पनि पाउने र कसैले प्रोजेक्ट बिमा गर्छु भन्यो भने दुर्घटना बिमा गर्नु नपर्ने संघका अध्यक्ष अधिकारीले बताए। यस प्रोजेक्ट बिमाले निर्माता लगायत फिल्म क्षेत्रलाइ सुरक्षित गर्ने सम्पूर्ण निर्माताको ठम्याई छ।

DSC_5629.00_19_09_17.Still002

कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका तर्फबाट अध्यक्ष आकाश अधिकारी सहित बरीष्ठ उपाध्यक्ष उदय सुब्बा, उपाध्यक्ष बिमल पौडेल, महासचिव रोज राणा तथा अन्य सदस्य हरुको उपस्थिति थियो भने लुम्बिनी जेनेरल इन्स्योरेन्सको तर्फबाट सिइओ एन पि प्रधान सहित बि.के श्रेष्ठ र अन्य कर्मचारीहरुको उपस्थिति थियो ।

 

खबर एक्सप्रेस