आज:  | Wed, 27, Mar, 2024

“भारतीय लोकसभा चुनावमा क-कसले कति कति मत आफ्नो पोल्टामा पारे”

२०७६, १० जेष्ठ शुक्रबार ०७:५५ मा प्रकाशित ( ४ साल अघि) ३८०९९ पाठक संख्या

भाजपा संगै मोदीको मुहार सफलताको चमकले चम्की रहेको छ I अघिल्लो लोक सभा चुनाब जुन अप्रत्यासित मत परिणाम ल्याएको यो पार्टी ले यस पल्ट झनै उत्कृष्ट नतिजा संगै बिपक्षी दल भारतीय रास्ट्रिय कंग्रेस लाइ जिल्ल्याएको I

 

सिट संख्या– ५४३

एनडीए– ३४९ सिट

भाजपा एक्लैको– ३०० भन्दा बढी

कंग्रेस– ५३ सिट

राजनीतिक दल– २२९३

उम्मेदवार– ८ हजार

सूचीका मतदाता– ९० करोड

मतदान– ६० करोड

मतदान– अप्रिल ११–मे १९ (७ चरण)

मतकेन्द्र– १० लाख ३ हजार ५ सय

भोटिङ मेसिन– ३९ लाख ६० हजार

खटिएका कर्मचारी– १ करोड १० लाख

 

यति खेर भारतमा लोकसभाको चुनाब परिणाम संगै भारतीय राजनीति पूर्ण सल्बलाउन थालेको छ I चुनावी चरणमा मोदी बिरुद्द केहि प्रचार तथा बोरोध प्रस्तुत भएका थिए I कतिले त अब भाजपा सक्कियो समेत भनेको सुन्नियो I तर चुनाबी मत परिणाम संगै त्यस्ता प्रचारहरु बकमफुसे प्रचार सावित भएका छन I बिहीबार बिहान ८ बजे सुरु मतगणनाको पछिल्लो परिणामअनुसार एनडीएले ३४९ सिट जित्न सफल भएको छ । पाँच वर्षअघि उसले ३३६ सिट जितेको थियो । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ । ११ अप्रिलदेखि १९ मेसम्म सात चरणसम्म चलेको चुनावमा भाजपा एक्लैले ३०० भन्दा बढी सिट जित्न सफल भएको छ । विपक्षी भारतीय राष्ट्रिय नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन ९० र अन्य दलहरूले १०३ सिट जितेका छन् ।

 

यो चुनावी नतिजासँगै नरेन्द्र मोदी फेरि एकपटक प्रधानमन्त्री बन्ने पक्काजस्तै भएको छ । भाजपा नेतृत्वको एनडीएले ऐतिहासिक जित हासिल गर्दैगर्दा विपक्षी भारतीय राष्ट्रिय कंग्रेसले फेरि एकपटक नराम्रो परिणाम बेहोरेको छ ।

खबर एक्सप्रेस