आज:  | Fri, 22, Mar, 2024

प्रधानमन्त्री द्वारा गणतन्त्र दिवसको सुभकामना

२०७६, १५ जेष्ठ बुधबार ०७:४६ मा प्रकाशित ( ४ साल अघि) ४४९७६ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरि लोकतन्त्रको सार्थक अनुभूति गराउन सरकारले बिकास , समृद्धि , सुशासन तथा स्थिरता लाइ मुख्य लक्षमा राखेर काम गरिरहेको बताएका छन I गणतन्त्र दिवसको अवसर मा देश र जनताका नाममा सुभकमना संदेश दिदै प्राधानमन्त्री ओलीले भनेका छन्, गणतन्त्र एक राजनैतिक प्रणाली मात्र नभएर समग्र सामाजिक रुपान्तरणको व्यवस्था हो I

“विकासका लागि हाम्रो प्रस्थानविन्दू सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य एवं सुरक्षा हो ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्“ जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प हामीले लिएका छौँ । यस संकल्पलाई सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ । त्यसका लागि विभिन्न, पेसा, क्षेत्र, व्यवसायका नेपालीको बलियो साथ रहनेछ भन्ने मेरो विश्वास छ ।”

तस्बिर: kathmandutribune.com

प्रधानमन्त्रीले सन्देश मार्फत यस दिवसले सम्पूर्ण नेपालीलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झाक्झाक्याको कुरा समेत उल्लेख गरेका छन् I

प्रधानमन्त्री ओलीले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास,समृद्धि,सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको उल्लेख गरे।

तस्बिर: nepalitypot.com

“हाम्रो ध्येय गरिबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचार विरुद्ध केन्द्रित छ । गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन् । त्यसैले सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन ” प्रधानमन्त्री ओलीले सन्देशमा भने “ त्यसैले यो प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छाशक्तिका साथ समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ् काम गरिरहेको उल्लेख गरेका छन् I

खबर एक्सप्रेस