आज:  | Fri, 22, Mar, 2024

ब्यापार घाटा प्रति आत्तिनु पर्दैन: अर्थमन्त्री खतिवडा

२०७६, २३ जेष्ठ बिहीबार ०८:२९ मा प्रकाशित ( ४ साल अघि) ४१७४१ पाठक संख्या

हाल नेपालको ब्यापार घाटा उच्च बिन्दु तर्फ केन्द्रित हुदै गैरहेको छ I मुलुक को यस्तो अवस्थामा पुर्व गर्वनर को जिम्मेवारी समेत कुसलता पुर्वक निर्वाह गरिसकेका अर्थमन्त्री डा. युवराज खतिवडाले भने यसरी फराकिलो हुँदै गएको व्यापार घाटा प्रति चिन्तित हुनु पर्ने कुनै कारण नरहेको बताएका छन् । खतिवडा अनुसार यतिखेर देशमा भएका आर्थिक गतिभिधिका कारण आयात बढेको तर ति आयातित बस्तुको मुल्य भने मुलुकले नपाइ सकेकाले देश ब्यापार घाटा उच्च बिन्दु तिर देखिएको उनको भानाइ छ I केहि समय पश्चात भने ति आयातित बस्तुको मूल्य मुलुक पाउने भएका कारण यस बिसय प्रति आत्तिनु पर्ने कुनै कारण नरहेको खतिवडाको भनाइ रहेको छ I

विश्व बैंकको नेपाल डेभलपमेन्ट अपडेट बुलेटिन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले सीमित स्रोत र असीमित दायित्वका बीच पनि सरकारले अर्थतन्त्रलाई अनुशासनको बाटोमा अघि बढाइरहेको जानकारी गराए।
निरन्तरको उच्च आर्थिक वृद्धिले पनि औद्योगिक आपुर्ति र खपतलाई जस्टिफाई गरेको उनको भनाइ छ। दुई अंकको आर्थिक वृद्धिको आधार तयार हुँदै गएको तर सरकारको ध्यान दिगो वृद्धिमा भएको उनले बताए।

‘हामीले निरन्तर उच्चदरका वृद्धिमात्र गरेका छैनौं। मूल्यवृद्धिलाई पनि नियन्त्रणमै राखेका छौं। हामी दुई अंकको वृद्धिदर नजिक पुगेका छौं। यसलाई दिगो र नियमित बनाउन हाम्रो मुख्य ध्यान हुनेछ,’ उनले भने।
बिलासी वस्तुको आयातमा कडाइ गर्दा नेपालको परम्परागत राजस्वको  स्रोत खुम्चिएको उनले बताए।
यद्यपी अबका केही वर्षभित्र आन्तरिक स्रोतले त्यसको घाटा पुर्ति गर्ने मन्त्री खतिवडाको विश्वास छ

खबर एक्सप्रेस