आज:  | Tue, 26, Sep, 2023

फिल्मको जस्तो मन् लाग्यो त्यस्तो समिक्षा गर्ने दुई पक्राउ..

२०७६, २५ जेष्ठ शनिबार ०३:०१ मा प्रकाशित ( ४ साल अघि) ३३४३० पाठक संख्या

जेठ ३ गतेदेखि नेपालभर प्रदर्शन भएको चलचित्र ‘वीर वीक्रम २’ को भिडियो समिक्षा  प्रकरणमा युट्युव च्यानल ‘मीम नेपाल’ का दुईजनालाई महानगरीय प्रहरी वृत्त टेकुले पक्राउ गरेको छ । प्रहरीले शुक्रवार साढे चारबजेतिर प्रनेश गौतम र आर्दश मिश्रलाई पक्राउ गरेको हो ।

केहि दिनअघिदेखी काठमाण्डौं जिल्ला अदालतको पक्राउ पुर्जी कुरिरहेको प्रहरीले आज मात्रै पुर्जी पाएपछि उनिहरुलाई गिरफ्तार गरेको हो । प्रनेशलाई हिरासतमा राखेको छ भने आर्दशलाई साधारण तारेखमा रिहा गरेको छ ।

वीर विक्रम २’ का निर्देेशक मिलन चाम्सले केहि दिनअघि प्रहरी परिसर टेकु पुगेर आफ्नो चलचित्र र कलाकारहरुप्रति मानहानी भएको भन्दै उजुरी गरेका थिए । तर, तीनपुस्ते विवरण नपुगेको भन्दै अदालतले उनिहरुलाई पक्राउ पूर्जी जारी गर्न ढिलाइ गरेको थियो ।

निर्देशक चाम्सले उक्त भिडियो समिक्षा जस्तो नभएको र उक्त भिडियोले आफ्नो चलचित्रको व्यापारमा ठुलो नोक्सानी भएको भन्दै एक करोड जरिवाना र कडा कारवाहिको माग गरेका छन् ।

 

खबर एक्सप्रेस