आज:  | Sun, 21, Apr, 2024

कलाकार संघ चुनावमा रबिन्द्र खडकाको पल्लाभारी..

२०७६, २५ जेष्ठ शनिबार १६:४६ मा प्रकाशित ( ४ साल अघि) ३१५९४ पाठक संख्या

ने  पाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वको लागि सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा रविन्द्र खड्का बिजयी भएका छन् । शनिबार सम्पन्न १७ औं साधारणसभाबाट प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मतले पराजित गर्दै संस्थापक अध्यक्ष समेत रहेका खड्का विजयी भएका हुन् ।

खड्काको पक्षमा २१८ मत पर्यो भने लामिछानेले १६१ मतमा चित्त बुझाइन् । दुई उपाध्यक्षमा रेजिना उप्रेतीले २४३ मत ल्याइन् भने अर्का उपाध्यक्ष सानुकुमार ताम्राकारले १७५ मत ल्याए । अन्य दुइ उमेदवार मनोज केसी (१४२) र विनोद भट्टराई (९६) मतले पछि परे । यस्तै महासचिवमा चेतबहादुर सिंह राजा (१८७) निर्वाचित हुँदा उनका प्रतिद्वन्दी सञ्जय खतिवडाले १५६ मत ल्याए । सचिव पदमा पनाह अधिकारी (१९४) विजयी हुँदा प्रतिद्वन्द्वी कविता गेलाल शर्माको पक्षमा १६९ मत पर्यो ।

यस्तै सह- कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्य भारी मतले विजयी भइन् । उनको पक्षमा २२० मत पर्दा प्रतिद्वन्द्वी डिबी बम्जनले १३३ मत ल्याए । कोषाध्यक्ष पदमा भने यसअघि नै सुनिल कटुवाल निर्विरोध चयन भइसकेका छन् । पदाधिकारी तर्फ उपाध्यक्ष निर्वाचित सानुकुमार ताम्राकार बाहेक सबै खड्का प्यानलका बिजयी भएका छन् ।

खबर एक्सप्रेस