आज:  | Fri, 01, Dec, 2023

कर्मचारीलाई पेन्सन बाहेक थप अरु सुविधा दिनु हुदैन – पूर्वमन्त्रि नेकपा सांसद जनार्दन शर्मा

२०७६, २२ असार आईतवार ११:०० मा प्रकाशित ( ४ साल अघि) ३३७१६ पाठक संख्या

काठमाडौ, असार २२ गते –
सिंहदरबारमा आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले पेन्सनवाला कर्मचारीलाई दिदै आएको चाडपर्व वापतको एक महिनाको तलब दिने व्यवस्था हटाउन जोड्दार माग गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा दर्ता गराएको ’संघीय निजामति कर्मचारी ऐन २०७५’ माथिको दफावार छलफलमा भाग लिँदै कर्मचारीलपेन्सनबाहेक थप सुविधा दिनु हुदैन भन्ने जिकिर गर्नुभयो । हालको कर्मचारी संरचनालाई पहिलादेखी नै बिरोध गर्दै आएका शर्माले किसानले राज्यको लागि जति योगदान गरे पनि केही नपाउने तर कर्मचारीलाई भने धेरै सुविधा दिनु अन्याय भएको बताय । तर त्यही बैठकमा नेकपा कै सांसद पम्फा भुसालले भने त्यस्तो व्यवस्था हटाइँदा सरकारविरुद्ध नकारात्मक भावना सञ्चार हुने बिचार ब्यत गर्नुभएको थियो ।
अन्य सांसदहरुले पनि यो व्यवस्था हटाउन माग गर्नुभयो समितिका सभापति शशी श्रेष्ठले उक्त दफामा थप छलफल हुन जरुरी देखिएको भन्दै मन्त्रालयलाई आफ्नो थप धारणा बनाउन निर्देशन दिनुभएको थियो । कर्मचारी प्रति निकै आक्रोसित सांसदहरुले निजामति कर्मचारीहरू बिरामी नहुँदा पनि ‘उपचार खर्च’ पाउने नियमलाई पनि हटाउन जोडदार माग गरेका छन् ।

खबर एक्सप्रेस