आज:  | Thu, 28, Sep, 2023

गरीमा पन्त पछि स्वस्तिमा ले जितीन सार्क अवार्ड

२०७६, २२ असार आईतवार १७:११ मा प्रकाशित ( ४ साल अघि) ३१६३३ पाठक संख्या

सार्क फिल्म फेस्टिभलमा स्वस्तिमालाई बेस्ट पर्फमेन्स अवार्ड श्रीलंकाको कोलम्बोमा सोमबार सम्पन्न सार्क फिल्म फेस्टिभलमा स्वस्तिमा खड्काले ‘बुलबुल’बाट बेस्ट फर्मेमेन्ट अफ दि इयर अवार्ड प्राप्त गरेकी छिन् ।

सार्क फिल्म फेस्टिभलमा नेपालबाट बुलबुल र प्रसाद प्रतिस्पर्धी विधामा समावेश थिए । बिपिन कार्कीकै हरि अस्प्रतिस्पर्धी फिल्मको रुपमा फेस्टिभलमा सहभागी थिए । सार्क फिल्म फेस्टिभलमा यसअघि झोलाबाट गरिमाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । 

बैदेशिक रोजगारीको समस्यालाई पृष्ठभूमिमा राखेर तयार भएको फिल्ममा स्वस्तिमाले रनकलाको रुपमा स्मरणीय अभिनय गरेकी थिइन् । बिनोद पौडलको लेखन तथा निर्देशन रहेको फिल्मले नेपालमा पनि उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

खबर एक्सप्रेस