नेपाल रेयूकाईको आयोजना गरेको “मासिक भेला तथा चर्चित व्यक्तित्वसंग अन्तरक्रिया कार्यक्रम” अन्तरगत नेपालका प्रसिद्ध वरिष्ठ कलाकार श्री मदनकृष्ण श्रेष्ठज्यूसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा आफ्नो सारगर्भित मंतब्य राख्दै कलाकार श्रेष्ठले रेयूकाई संस्थाले हरेक कुरा सकारात्मक सिकाउदै आएकोछ असल समाज निर्माण गर्ने कुरामा रेयूकाईले स्थापनाकालदेखी नै ठुलो योगदान पुरयाउदै आएको कुरा ब्यत गर्नु भयो आफू पनि नेपाल रेयूकाईको सदस्य बन्न पाएर आफ्नो घरमा पुर्खास्मरण गर्ने कार्यबाट आफ्ना बितेर गएका पूर्खाहरुलाई सम्झन पाउनु गर्व लाग्ने गरेको र घरपरिवारमा राम्रो सम्बन्ध भएको बताउनु भयो । सोही भेलामा अहिले बाबुआमा अभिभावक भए जस्तै पछि छोराछोरी आफ्ना अभिभावकको अभिभावक बन्न सक्नुपर्छ भन्नु भयो बिभिन्न सदस्यहरुले राखेका प्रश्न र जिज्ञासाको सरल तरीकाल् जवाफ दिएका थिय । कार्यक्रममा स्पाउस शिबुचो श्रीमती ज्योती प्रभा शाहीले कलाकारसँग अन्तरक्रिया गर्नुभएको थियो । स्मरण रहोस जापान प्रधान कार्यालय रहेको नेपाल रेयूकाइले समाजमा कामलाग्ने बिभिन्न कृयाकलाप संचालन गर्दै आईरहेकोछ ।