आज:  | Fri, 01, Dec, 2023

मन्त्री लालबाबु पण्डित सार्वजनिक कार्यक्रम स्थलबाटै लखेटिए

२०७६, २९ असार आईतवार ०८:०८ मा प्रकाशित ( ४ साल अघि) ३३२५७ पाठक संख्या

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित सार्वजनिक कार्यक्रम स्थलबाटै लखेटिएका छन् उनी पहिला निकै चर्चित मन्त्री थिए अहिले उनको कार्यशैली प्रती तिब्र आलोचना भैरहेकोछ l मन्त्री पण्डितलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठकमा यस्तो दुर्व्यवहार भएको हो । ललितपुरको जावलाखेलको बैठकमा बोलाइएका पण्डितलाई कार्यक्रम स्थलमै आदिवासी जनजाति युवा विद्यार्थीको एक समूहले कालो झन्डा सहित दुर्व्यवहार गरेको हो ।

मन्त्री पण्डितलाई लोकसेवा आयोगको विज्ञापनका विषयमा विद्यार्थीहरुले नारावाजी गर्दै दुर्व्यवहार गरेका हुन् । विद्यार्थीहरुको लालबाबु पण्डित राजीनामा दे, लोकसेवाको विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै उनकै अगाडि पुगेर कालो झण्डा देखाएका थिए।

विद्यार्थीहरुले मन्त्रीमाथि दुर्व्यवहार गर्न खोजीपछि उनका अंगरक्षकले उनलाई जोगाएर मन्त्री क्वाटरमा लगेको थियो 

खबर एक्सप्रेस