५वर्षमा विपद् व्यवस्थापनका नाममा विभिन्न आईएनजीओले २५अर्बभन्दा बढी खर्च गरेको पाईएकोछ र पनि विपद्को जोखिम भने घट्नुको साटो बढ्दै जान थालेकोछ सरकारले सो खर्चको पारदर्शिता समेत कुनै अनुगमन गर्न गरेको छैन ।
गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार विपद् व्यवस्थापनका नाममा विभिन्न १४३ वटा आईएनजीओले विभिन्न जिल्लामा काम गरिरहेका छन् तर, उनीहरूको काम कागजमा धेरै बढी र फिल्डमा अत्यन्तै कम छ
गृह मन्त्रालयका अनुसार पछिल्लो तीन वर्षमा मात्रै आईएनजीओबाट विपद् व्यवस्थापनका नाममा १२ अर्ब ८१ करोड रुपैयाँ खर्च भएकोछ अनी अन्य गैरसरकारी र UN निकायबाट पनि १२ करोड १० लाख रुपैयाँ खर्च भएकोछ । र नेपाल रेडक्रस सोसाइटीले अघिल्लो दुई वर्षको अवधिमा विपद् व्यवस्थापनका नाममा २ अर्ब ४६ करोड ८० लाख रुपैयाँ खर्च भएको कुरा गृह मन्त्रालयले जनाएकोछ तर तिनीहरुले काम गर्दा गृह मन्त्रालयसँग कुनै समन्वय गरेका छैनन् आईएनजीओहरू सरकारलाई टेरदैनन अनी हामीलाई कस्ले के गर्छ भनी घमण्ड गर्छन् गृहका एक अधिकारीले भने ।अधिकांशले आफ्नो खर्च विवरणसमेत गोप्य राख्ने गर्छन् अनुगमन गर्ने निकायका रूपमा रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद् समेतले कुनै अनुगमन गर्न सकेका छैन !
मुलुकमा पछिल्लो साता बाढी पहिरोमा परी ७० जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने हजारौं विस्थापित भएका छन् ।अहिले गृह मन्त्रालयले केही आईएनजीओहलाई तराईमा विपद् व्यवस्थापनका लागि डुंगालगायतका सामग्री किन्न आग्रह गर्दा त्यो आग्रहलाई आईएनजीओहरूले सुन्न चाहदैनन उल्टो आफ्नै प्राथमिकतामा हिँड्दा आज विपद् व्यवस्थापनको काम राम्रो नभै झन बेथिति बढ्दै गएकोछ मन्त्रालय स्विकार्छ l
अहिले ब्यक्तीगत चन्दा उठाउने काम तिब्र भएकोछ त्यो कार्य पनि गलत भएको मन्त्रालयले बतायकोछ !