आज:  | Sat, 25, Mar, 2023

अभिनेत्री शिल्पालाई छबिले आफ्नो अदालतमा बोलाए

२०७६, ३१ असार मंगलवार ०३:१३ मा प्रकाशित ( ३ साल अघि) २७६७७ पाठक संख्या

नायिका शिल्पा पोखरेल र उनका श्रीमान् छवी ओझाबीच सतहमा आएको विवाद तत्कालका लागि छलफलबाट टुंगिएको छ। तर बाँकी जीवन उनीहरुले सँगसँगै बिताउछन् कि बिताउँदैनन् भन्ने टुंगो भने लागेको छैन काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि सहमती भएको परिसरका डीएसपी होबिन्द्र बोगटीले पुष्टि गरे। भने, ‘छलफलपछि उहाँहरुले लिखित सहमति गर्नुभएको छ।’झन्डै दुई साताअघि आफूलाई श्रीमान छवि ओझाले कानको जाली फुट्नेगरी हमला गरेको र आफू उनीबाट असुरक्षित रहेको भन्दै अभिनेत्री शिल्पाले यसअघि सुरक्षा माग गर्दै प्रहरीमा उजुरी दिएकी थिइन्।

सहमतिपछि पनि अभिनेत्री शिल्पा आफ्ना श्रीमान ओझाको घरमा नबसेर आफ्ना दाजु भाउजुको घरमा बस्ने बताइएको छ।त्यसैले यो विषय प्रहरीबाट झिकेर एक आपसमा टुंग्याउने पक्षतिर पुगे जस्तो देखिन्छ समाचारहरुमा शिल्पाले आफ्ना श्रीमानसँग पारपाचुके चाहेको बताइएको थियो। तर यस विषयमा यी दुईबीच आगामी दिनमा कुराकानी हुने र सोही अनुसार निर्णय लिइने बताइएको छ। नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन्

खबर एक्सप्रेस