आज:  | Tue, 26, Sep, 2023

प्रेमगीत-३ को सानो गीतमा आईन निकै क्यूट सम्बृद्धि शाही ठकुरी

२०७६, ३१ असार मंगलवार १७:५६ मा प्रकाशित ( ४ साल अघि) ३८६११ पाठक संख्या

यस बर्षको बहुप्रतिष्ठित प्रतिक्षारत नेपाली कथानक चलचित्र प्रेमगीत ३ मा बाल कलाकार प्रेम र गीतको रोलमा अनुभव रेग्मीलाई प्रेमको रोलमा यस अघि नै अनुबन्धित गरीसकेकोछ भने गीतको रोलमा सुहाउदो क्यारेक्टरको लागी लामो खोज तथा अनुसन्धान पश्चात दर्शकहरु माझ एउटा नयाँ नाम जोडिन पुगेकोछ त्यो नाम हो सम्बृद्धि शाही ठकुरी निर्माता संतोश सेनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै सो कुराको जानकारी गराएका छन्  !

नेपाली कथानक चलचित्र प्रेमगीत३ मा बालकलाकार अनुभव रेग्मी र सम्बृद्धि शाही ठकुरीको जोडी दर्शकले हेर्न पाउनेछन् । सिनेमा टिमले फोटो सुट गर्दे बालकलाकारको जोडी सार्वजनिक गरेकोछ । कथामा सुहाउदो भएकोले बाल कलाकारमा एउटा सम्भावना बोकेकी नयाँ बाल कलाकारको जन्म भएकोमा निर्देशक छेतेन गुरुड. तथा निर्देशक निर्माता सन्तोष शेनले खुशी ब्यत गर्दै चलचित्र प्रेमगीत ३ लाई दर्शकले चाहे अनुसारको बनाउन कुनै कसर बाँकी नराख्न बताएका छन् ।

अब प्रेमगीत३ का लागी सम्पूर्ण कलाकार लक भएकोछ यो सिनेमामा शिब श्रेष्ठ,सुनिल थापा,सन्तोष शेन, प्रदीप खडका, मनिष रावत, पुष्कर कार्कि, प्रेम पुरी, नव नायिका कृष्टिना गुरुड. बालकलाकार अनुभव रेग्मी सहितको अभिनय रहेने प्रेमगीत ३ सिनेमा नयाँ बर्षको शुरुवात २०७६ चैत्र २८ गते रिलिज गर्ने यस अघि नै घोषणा गरीसकोको छ । अौपचारिक घोसणा बिनै यती धेरै चर्चाको शिखरमा पुगेको नेपाली सिनेमा क्षेत्रको सम्भवत पहिलो सिनेमा होला यो टिमले बिगत १ बर्षदेखी वर्कआउट गरिरहेकोछ अब भने छिट्टै भब्य कार्यक्रम गरी सिनेमाको अौपचारिक घोसणा गर्ने निर्माता संतोश सेनले बतायका छन् ll

खबर एक्सप्रेस