नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा साना तथा मझौला उद्योगहरुको अन्तराष्ट्रिय संगठन (वुस्मे)को राजदूतमा नियुक्त भएकी छन् उनलाई वर्ल्ड यूनियन अफ स्मल एन्ड मिडियम इन्टरप्राइजेज (वुस्मे)को बैठकले नेपालका लागि सद्भावना राजदूतमा नियुक्त गरेको हो । विशेष कमिटिले मे २९ मा नेपालका लागि उनलाई राजदूतमा सिफारिस गरेकोमा जुन २४ को बोर्ड बैठकले स्वीकृत गरेको हो ।
राणा यसअघि नेपाल महिला उद्यमी महासंघको समेत अध्यक्ष भइसकेकी छन् भने साना तथा मझौला उद्योगको विकास र विस्तारमा उनको विशेष ठुलो योगदान रहँदै आएको छ वुस्मे अन्तर्राष्ट्रिय गैरनाफामूलक संगठन हो ।
राणाको नियुक्तिसँगै नेपालको साना तथा मझौला उद्योगलाई अन्तराष्ट्रियकरणको बिकासमा ढोका खुलेकोछ बताइएको छ ।