रूपन्देहीको तिलोत्तमा नगरपालिका सिद्धार्थ राजमार्गको सडकको शंकरनगरचोक देखि नयामिलसम्म ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको छ, मेयर बासुदेव घिमिरेका अनुसार बुधबार साँझसम्म साविक अवस्थामा रहेका बुद्धमूर्ति बिहान तोडफोड भएको हो l मूर्ति कसले तोडयो भन्नेबारे अहिलेसम्म कुनै पत्ता लागेको छैन मेयर घिमिरेले भन्नुभयो ।
घटनास्थलमा प्रहरी टोलीले अहिले अध्यययन सुरु गरिरहेको छ l गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गहरुमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो।