जरुरी सार्वजनिक महत्वको बिषयमा बोल्दै माननीय कोमल वली
२०७६, ३ श्रावण शुक्रबार १६:२४ मा प्रकाशित (
४ साल अघि)
३३४८९ पाठक संख्या
पछिल्लो समय राष्टिय सभामा देश र जनताका लागी ईमान्दारीताका साथ आफ्नो पाएको भूमिका निर्वाह गरीरहेको नाम हो कोमल वली तिनै माननीयले आज राष्टिय सभाको बैठकमा जरुरी सार्वजनिक महत्वको बिषयमा बोल्दै हालसालै आएको अबिरल बर्षाका कारण बाढी पहिरोका कारण अकालमा दिवंगत हुनुभएका सम्पूर्ण मृतकमा भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदन ब्यक्त गर्दै हराइरहेकाहरु घर फर्कन सकुन र घाईतेहरुको उचारमा सरकारले कुनै कसर बाँकी नराखोस भनी सरकारसँग माग गर्दे सरकारको ध्यानकर्षण गराउनु भयो l
बैठकमा आफ्नो भनाई राख्नुहुदै यस्ता समस्याहरु बिगतदेखी हुदै आएकोमा पूर्व तयारीमा कमी भएको भन्दै अहिले ३ तहले राहतको काम गरीरहेको छ ति कार्यमा स्थानिय प्रशासनको समन्वयमा काम हुँदा प्रभावकारी हुने बताउनु भयो l प्रधानमन्त्रि राहतकोष, मुख्यमन्त्रि राहतकोषमा रकम छ भन्दै बाढी पिडीतहरु सुख्खा चिउरामा बाच्नु परेको भन्ने कुरा आएकोछ खाधन्न, औषधी,पानी लताकपडा सबैलाई उपलब्ध गराउने ब्यबस्था हुनुपर्छ भनी माग गर्नुभयो ।प्राकृतिक प्रकोपका कारण बस्तुभाउहरु मरेका छन् र्दुगन्ध फैलिएकोछ त्यसलाई शिघ्र ब्यबस्थापन गर्नु पर्छ नत्र भने महामारी फैलन सक्छ भनी सरकारलाई सचेत गराउनु भयो । प्रदेश अनुसार बिभिन्न ठाऊमा राहत फरक किसीमले बितरण नगरीयोस कसैले बढी पाउने कसैले नपाउने नहोस् एकरुपता हुनुपर्छ भन्दै मृतकका परिवारलाई उचित क्षतीपुर्ति दिनुपर्छ भनी माग गर्नुभयो ।आगामी दिनमा आउने बिपतीमा ध्यान पुरयाउनु पर्छ यस प्रकारका प्राकृतिक प्रकोपबाट बच्नको लागी दिर्घकालिन समस्याका समाधान र उपायहरु अबलम्बन गर्नुपर्छ भन्दै पूर्व तयारीमा अवस्थामा रहेको हुनुपर्छ भन्दै सरकारको ध्यानकर्षण गराउनु भयो ।