आज:  | Tue, 26, Sep, 2023

वाग्मती सफाइ महाअभियानको ३२३औं हप्ता सम्पन्न

२०७६, ४ श्रावण शनिबार १६:०८ मा प्रकाशित ( ४ साल अघि) ३४१६२ पाठक संख्या

वाग्मती सफाइको ३२३औं हप्ता आज सम्पन्न भएकोछ 

२०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महा अभियान देशको सबैभन्दा ठुलो र लामो अभियान हो l 

कलकल र कञ्चन बग्ने वाग्मतीलाई हाल बसोबास गर्ने नागरिकको कारण आज लेदो बग्ने, ढल मिसाउने,गन्हाउने बनाउने काम पनि हामीले नै गरेका हौं । अब त्यो सफाइ पनि हामीले नै गर्नुपर्छ भन्ने भावना अहिलेका अभियन्ताले  लिएका कारण वाग्मतीमा परिबर्तनको आभास भैरहेकोछ l 

अहिले वाग्मती केही मात्रामा सफा पनि भएको छ । तर आर्यघाटदेखि तल नुहाउनयोग्य अझै भएको छैन । हालसम्म अभियानमा संलग्न करीब ८ लाख स्वयंसेवीबाट १८ हजार मेट्रिक टन ठोस फोहोर नदीबाट निकालिएको छ ।

ढलको समस्या र सुकुम्बासी व्यवस्थापनको ठुलो समस्या सरकारले ठोस् रुपमा काम गर्न नसकेको कारण केही समस्या देखा परेका छन् यो महा अभियानका कारण देशैभरि नदीनाला सफा गर्ने उत्प्रेरणा जगाएकोछ । काठमान्डुका १४ स्थान र राजधानीबाहिर ९० स्थानमा भन्दा बढीमा नदी सफाइ अभियान सञ्चालन भएका छन, यो स्वत:स्फूर्त सामाजिक अभियान हो ।

स्थानीयलाई सफाइमा परिचालन गरेर र जसले फोहोर गरेका छन्, तिनैलाई सचेत गराएर मात्र वाग्मती सफाइ महाअभियान सफल पार्न सकिन्छ भन्नेमा अभियन्ता ढुक्क छन् l 

नदीनाला देशका सभ्यताका मुहान हुन् । तिनलाई फोहोरमा परिणत गरेर हामी आफ्नै सभ्यतामाथि प्रहार गरिरहेकाछौं । भन्ने तर्फ अभियाम सचेत रहेको कुरा अभियन्ता माला खरेल बताउनु हुन्छ !

तस्बिर र जानकारी : अभियन्ता चक्र बहादुर चन्द र माला खरेलको पेजबाट

खबर एक्सप्रेस