आज:  | Tue, 26, Sep, 2023

आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ जानीराख्नुहोस

२०७६, ६ श्रावण सोमबार १५:४१ मा प्रकाशित ( ४ साल अघि) ३६०४७ पाठक संख्या

आजदेखी उपत्यकासहित पुर्व तथा मध्य  क्षेत्रका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ मौसम महाशाखाका मौसमविद्ले बताएका छन्।

भारी वर्षाका कारण पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकाले आगामी ३६ घण्टासम्म सतर्कता अपनाउन सबैलाई महाशाखाले अनुरोध गरेकोछ।

यस्तो छ सूचना

नेपाल सरकार, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा – मौसम पूर्वानुमान बुलेटिन

(जारी मितिः २०७६-०४-०६, विहान ६:०० बजे) मौसम विश्लेषण : मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित छ साथै बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पुर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना छ।

देशभर समग्र मौसमको अवस्था : हाल देशको पुर्वी तथा मध्यका अधिकांश भु-भागमा सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षा भईरहेको छ र पश्चिमि भु-भागमा आंसिक देखि सामान्य वदली भई १-२ स्थानहरुमा वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान :

श्रावण ६ गते (सोमबार) दिउँसो: देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखी पूर्ण बदलि साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रहि पुर्वका र मध्यका धिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। पुर्व तथा मध्यका थोरै साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

राती: देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही देशको पुर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ । देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

श्रावण ७ गते (मंगलबार) दिउँसो: देशको पुर्वी र मध्य भु-भागमा पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

राती: देशको पुर्वी र मध्य -भागमा सामान्य बदलि देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

श्रावण ८ गते (बुधबार) दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशका केहि स्थानहरुमा भारि वर्षा ) साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।

राती: देशभर सामान्य बदलि देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र पश्चिमका केहि स्थानमा साथै मध्यका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । पुर्व र पश्चिमका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :

देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ साथै यसका कारणले हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु पर्ने देखिन्छ

खबर एक्सप्रेस