आज:  | Fri, 19, Apr, 2024

“सानो सोचमा ठुलो सपना” नाराका सहित पोखरामा माईकल ग्रिल संचालनमा

२०७६, १० श्रावण शुक्रबार १८:३४ मा प्रकाशित ( ४ साल अघि) ३८२७३ पाठक संख्या

सानो सोचमा ठुलो सपना’ नाराका साथ सञ्चालित ‘माइकल ग्रिल’ ले पोखरामा आफ्नो पहिलो शाखा संचालनमा ल्याएको छ।

सञ्चालक पंकज खड्का अनुसार उनको आफ्नो एउटा सपना रहेको र तेहि सपना अनुसार काम गरिरहेको दैनिक रूपमा जसरी आफ्ना कमजोरीलाई पहिलाउदै र सम्भावनालाई केलाउँदै निरन्तर कामको प्रतिफलका रूपमा आज ‘माइकल ग्रिल’ को आउट लेट सम्म आइपुग्न सफल भएको बताउनु भयो।

सुरु बाटै नेपाली स्थानीय खानालाई प्राथमिकतामा राखेर काम गरिरहेको यस रेस्टुरेन्टले आफ्नो पहिलो शाखामा पनि यसलाई नै जोड दिने र समय परिस्थिति अनुकूल चल्नु पर्ने कुरामा पनि आफू सहित उनको समूह सचेत रहेको खड्काले जानकारी दिनुभयो। यस शाखामा भने नंस्मोकिंग जोनको व्यवस्था गरिएको छ। अब को शाखाले फेमिली रुम र नेपानी स्न्याक्स मात्र नभएर नेपाली खानालाई पनि जोड दिइएको छ । यस किसिमका थप विशेषताका साथ ‘माइकल ग्रिल’ ले आफ्नो पहिलो शाखा बिस्तार गर्दै छ।

पंकज भन्छन्; “ हामीले के गर्दै छौँ र कसको लागि गर्दै छौँ भन्ने कुरा चाही हामीले सबैभन्दा पहिला दिमागमा राख्नु पर्छ ।सायद ग्राहक नै नभइदिएको भए ? आज हामी यहाँ हुने थिएनौ।‘माइकल ग्रिल्स’ को प्राथमिकतामा सधैँ पहिलो ग्राहक,दोस्रो काम गर्ने टिम र तेस्रोमा चाहिँ लगानी कर्ता हुन् । त्यस कारण हाम्रो पहिलो प्राथमिकता भनेको ग्राहकका निम्ति रहन्छ । किनकि हामी जे गर्छौ, भोलिको दिनमा जे सुधार्छौ यी सबै काम गर्ने भनेको ग्राहकको कारण र ग्राहक को निम्ति नै हो । द्रोस्रो हाम्रो समूह; जसले यहाँ; दिन रात मेहनत गर्छन् । सेवाको होस् या भान्सामा होस, जो दिन रात खटेकै हुन्छ । अनि तेस्रोमा लगानी कर्ता रहन्छ । यही हिसाबले हामी आफ्ना महत्त्व अनुसारका विषयलाई प्राथमितामा राख्दै अगाडी बढेका छौँ ।
माइकल ग्रिलले सबैकुरा केन्द्रीकरण गर्दैछ जस्तै, कर्मचारी तालिम, लेखा, कमचारी छनोट तथा नियुक्ति, भान्साको खाना यी सबै कुरा एउटा ठाउँ बाट मात्र पूर्ति गर्दछ । माइकल ग्रिल सबै ब्रान्चको खाना को स्वादमा समानता ल्याउनमा संधै सजग रहने छ।

माइकल ग्रिलका सञ्चालक पंकज खड्का का अनुसार, शाखा बिस्तारका योजना रहेका छन्। जसमा , तीनकुने र बसुन्धारा मा एक वर्ष भित्र शाखालाई सञ्चालनमा ल्याउने र त्यसपछिको अर्को एक वर्ष भित्र मास्टर फेन्साइसको सोच रहेको पंकजले बताउनु जस अन्तरगत; काठमाडौँ मा मात्र सीमित नरहेर देशका प्रमुख सहर सम्म माइकल ग्रिल लाई पुर्‍याउने योजना रहेको छ। ‘माइकल ग्रिल’ले आफ्नो पहिलो शाखा बिस्तार सम्म आहिपुग्दा;पोर्चुगल मै होटेल व्यवसाय सञ्चालन गरिरहेका नेपाली एन.आर.एन युवा नवीन आचार्य लाई पनि आफ्नो संस्थामा लगानी कर्ताका रूपमा भित्र्याएको छ। पंकज थप्छन्; आगामी दिनमा पनि यसरी नै बाहिर रहेका नेपाली, जसले नेपालमा व्यावसायिक सम्भव देखेका छैनन् । यस्ता व्यक्तिहरू लाई लगानी कर्ताको रूपले भित्र्याउने हाम्रो लक्ष रहेको छ। यहाँ गर्न खोज्यो र गर्‍यो भने अपार सम्भावना रहेको उदाहरण हामी पस्किन्छौ। नेपाली युवालाई हामी निराशा खोँच बाट सम्भावनाको बाटो हुँदै सफलताको शिखर चुम्ने साहस र प्रेरणा दिन चाहन्छौ।

खबर एक्सप्रेस