आज:  | Thu, 28, Sep, 2023

कर्मचारी नेपाल सरकारको तलब भारत राज्यसरकारको बुझ्दछन्

२०७६, १७ श्रावण शुक्रबार ११:१४ मा प्रकाशित ( ४ साल अघि) ४१६०६ पाठक संख्या

हिजो सिंहदरबारमा अचम्मका कर्मचारी भेटिए कर्मचारी नेपाल सरकारको काम गर्ने तलब भत्ता भारत राज्यसरकारको बुझ्दछन् ( कोसी र गण्डक योजनाको लागि नेपाल सरकारले करिब २० २५ जना कर्मचारीहरु खटाई रहेको छ ।
यो परियोजनालाई संचालन गर्न नेपाल सरकारले २ जना सम्पर्क अधिकृत सरकारले नै नियुक्त गरेकोछ ति अधिकृत (लियाजन–अफिसर) सहित सबै नेपाल सरकारका कर्मचारीले भारतको विहार राज्यसरकारबाट नियमित तलब बुझ्दै आएका छन् ।
कोसी र गण्डक सम्झौतामा भएको प्राबधान अनुसारको भएता पनी स्वाभीमानको कुरा भएकोले आफ्नो सेवा सुविधाको लागि कुरा गर्न सिंहदरबार आएका कोशी योजनाका सम्पर्क एक भूआर्जन अधिकृत (लियाजन अफिसर) सन्तोष कुमार चोङवाङले हामीलाई बताय !
उनले गम्भिर भएर भने आफ्नो राष्ट्रको लागि राष्ट्रको हकहित र राम्रोको लागि तोकिएका योजनामा काम गर्दा पनि भारत सरकारको तलब बुझ्नु पर्ने यो अमिल्दो कुरा भएको त्यही भन्नका लागि पनि सिंहदरबार आएको बताय l

खबर एक्सप्रेस