आज:  | Sat, 23, Mar, 2024

यस बर्षको बहुप्रतिष्ठित प्रतिक्षारत नेपाली कथानक चलचित्र प्रेमगीत३ को टिम पुर्ण बनेको छ ।

२०७६, २४ श्रावण शुक्रबार १६:२६ मा प्रकाशित ( ४ साल अघि) ४२२२४ पाठक संख्या

यस बर्षको बहुप्रतिष्ठित प्रतिक्षारत नेपाली कथानक चलचित्र प्रेमगीत३ को चलचित्रको स्क्रिप्टको काम सकिए, लगतै कलाकारको टिम पनी पुर्ण बनेको छ । 

क़ेही समय अघिदेखी मुख्य कलाकारहरूलाई वर्कशपमा राखीएको छ अब छिट्टै  चलचित्रको अौपचारिंक घोषणा गर्ने तयारी रहेकोछ !

‘स्क्रिप्ट अनुसार टिमले सोचेजस्तै र भनेजस्तै कलाकारलाई इन्ट्रि गराएकोछ l 

निर्देशक निर्माता सन्तोष शेनले खुशी ब्यक्त गर्दै चलचित्र प्रेमगीत ३ लाई दर्शकले चाहे अनुसारको बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । अब प्रेमगीत३ का लागी सम्पूर्ण कलाकार लक भएकोछ l 

यो सिनेमामा मुख्य कलाकारहरु : प्रदीप खड्का, शिव श्रेष्ठ, सुनील थापा, क्रिस्टिना गुरुङ, मनिष राउत, पुष्कर कार्की, सन्तोष सेन, प्रेम पुरी, लक्ष्मी वर्देवा, माओत्से गुरुङ, जिवन वराल, शिशिर राणा, जिवन भट्टराई छन् भने बालकलाकारमा अनुभव रेग्मी, समृद्धी शाहि,योगीता खत्री र क्रीरिजन गौतम सहितको अभिनय रहेने प्रेमगीत३ सिनेमा नयाँ बर्षको शुरुवात २०७६ चैत्र २८ गते रिलिज गर्ने यस अघि नै घोषणा गरीसकोकोछ । अौपचारिक घोसणा बिनै यती धेरै चर्चाको शिखरमा पुगेको नेपाली सिनेमा क्षेत्रको सम्भवत पहिलो सिनेमा होला यो टिमले बिगत १ बर्षदेखी वर्कआउट गरिरहेकोछ अब भने छिट्टै भब्य कार्यक्रम गरी सिनेमाको अौपचारिक घोसणा गर्ने निर्माता संतोश सेनले बतायका छन् ll

खबर एक्सप्रेस