आज:  | Thu, 28, Mar, 2024

ललितपुर महानगरले गर्‍यो वृक्षारोपण सहित सामग्री हस्तान्तरण

२०७६, ११ भाद्र बुधबार १५:०६ मा प्रकाशित ( ४ साल अघि) ३८१६८ पाठक संख्या

ललितपुर महानगरपालिका वडा नं.२ सानेपा स्थित मनमोहन पार्कमा वरिपरि वृक्षारोपण कार्यक्रम गरिएकोछ l    महानगरका मेयर श्री चिरीबाबु महर्जनज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ललितपुर महानगरपालिका, मनमोहन पार्क, वडा नं. २ को वडा कार्यालय, महानगरीय प्रहरी प्रभाग सानेपा र बल्खुका साथै बिभिन्न सघं संस्थाहरु  र स्थानीय  बासीन्दाहरु सहभागीता र सहकार्यमा सम्पन्न भयो !

कार्यक्रममा मेयरले आफ्नो बिचार राख्दै महानगरले यस्ता कृयाकलापहरु निरन्तर गर्दै जाने ब्यक्त गर्दै मनमोहन पार्क समितिलाई महानगरको तर्फबाट डस्टबिन, औजार तथा आवश्यक सामाग्रीहरु सहयोग गरिएको थियो !

खबर एक्सप्रेस