आज:  | Tue, 16, Apr, 2024

बढ्दो डेंगगुको संक्रमण !

२०७६, १५ भाद्र आईतवार १५:४७ मा प्रकाशित ( ४ साल अघि) ३९६५२ पाठक संख्या

भक्तपुर — देशभरि यतिखेर डेंगगुको संक्रमणले उच्च रुप लिईरहेको छ I यसै क्रममा डेङ्गुको असरले भक्तपुर लाई पनि चोखो छाडेन I यस जिल्लालाई पनि देंगगुले उच्च जोखिममा पारेको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेका अनुसार गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको हो । 

 डेङ्गुको असरले भक्तपुर लाई पनि चोखो छाडेन I

भक्तपुरका स्थानीयमा मात्र नभएर, भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारी मा समेत देंगगु देखिएको छ I ति कर्मचारी सहित अहिलेसम्म १२ जनामा डेङ्गुको सङ्क्रमण फेला परेको छ । अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविभूषण सुवालले जानकारी दिए।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेका अनुसार गत वर्ष तीन जनामा मात्रै डेङ्गु देखिएको र यस वर्ष डेङ्गु सङ्क्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत गाउँगाउँमा यसबारे जनचेतना फैलाउने अभियान सुरु गरिएको छ।
कार्यालयले डेङ्गु सङ्क्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहर नगर्न र इन्सेक्टिसाइड छरेर डेङ्गुको सङ्क्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ।

 

खबर एक्सप्रेस