आज:  | Thu, 28, Sep, 2023

राप्रपा अध्यक्ष कमल थापाले राजसंस्था हटाउन भएको षडयन्त्रको छानबिन हुनु पर्ने माग गरेका छन्।

२०७६, १९ भाद्र बिहीबार २२:४२ मा प्रकाशित ( ४ साल अघि) ३७६८१ पाठक संख्या

राप्रपाका अध्यक्ष कमल थापाले चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेपालबाट राजसंस्थालाई हटाउनमा भारतीय गुप्तचर संस्था रअले नेपालका केही नेताहरु प्रयोग गरेको गम्भिर आरोप लगाएका छन् जस्को छानबिन हुनु आवस्यक रहेको बताय।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई प्रयोग गरी रअले राजसंस्था हटाउन षडयन्त्र गरेको भन्दै यस विषयमा छानबिन हुनुपर्ने माग गरेका छन्। 

विदेशी गुप्तचर संस्थाले नेपालको राजनीतिक व्यवस्थाको लगाएतमा परिवर्तनात्मक भूमिका खेल्नु अझ र राजनीतिक दलका शिर्श नेता प्रयोग हुनु निकै गम्भिर विषय भएको उल्लेख गर्दै देशमा राजनीतिक परिवर्तन पछि जनताको अभिमत नलीइकन धर्म निरपेक्ष लागू गर्नु महाभुल भएको भन्दै देश भयानक धार्मिक यूद्वमा फस्ने तर्फ सचेत गराएका छन् ।

अध्यक्ष थापाले नेपालगञ्जबाट दैलेख पठाईएका गाईको हत्याको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न समेत माग गरेका छन्

खबर एक्सप्रेस