दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार गरेको कुरा छर्रपस्ट भएको छ। हाल भै रहेको छानबिनलाई समेत प्रभावमा पार्न र घटनालाई अन्तै मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकाबाट गाई मगाएको नक्कली पत्र रातारात तयार पारिएको छ।
नेपालगन्जबाट आठवटा ट्रकमा पठाएका २९१ वटा गाई बिहीबार राति सुर्खेतका बिभिन्न स्थानमा ४० वटा मरेका थिए। अनी दर्जनौं गाईगोरु घाइते छन्। दैलेखको श्रीस्थान क्षेत्रबाट मगाएको भन्दै नेपालगन्ज उपमहानगरले कान्जी हाउसबाट ति गाईगोरु पठाएको थियो. दैलेखको श्रीस्थान मन्दिर व्यवस्थापन समिति र स्थानीय तह सबैले ति गाईगोरुहरु आफूहरूले नमगाएको यसअघी नै स्पष्ट पारिसकेका छन्।
हाल गाई मगाइएकोबारे जिससको पत्र बारे जिससका कर्मचारी पनि अचम्म परेका छन्। गाई मगाइएको पत्रबारे निमित्त समन्वय अधिकारी पदमबहादुर सापकोटाले अनविज्ञता ब्यक्त गरे भने कर्मचारीलाई पनि जानकारी नहुनुले गाई मगाइएको पत्र नक्कली सहित रातारात तयार पारेको होकी भन्ने शंका उत्पन्न भएकोछ ।
अझ अचम्मको कुरा के छ भने नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय बाँके र जिसस दैलेखले लेखेको पत्रको मिति एकैदिनको छ। तीन वटै निकायले काटेको पत्रको मिती एकैदिन हुनुले पनि घटना नियोजित भएको र जिसस दैलेखको पत्र नक्कली भएको दाबीको पुस्टयाइ हुन्छ।