नेपाल टेलिभिजनबाट प्रसारित भईरहेको टेलिश्रृङखला भद्रगोलमा हिजोबाट नयाँ टिम आएका छन्। जिग्री-पाँडे सहितको पुरानो टिमले एक्कासी भद्रगोल रोकेपछि मिडिया हबले नयाँ टिम सहित टेलिश्रृङखला ल्याएको हो । भद्रगोल प्रसारण भएसंगै जिग्री र पाँडे आक्रोसित भएका छन् ।
उनीहरुले मिडिया हबले आफुहरुलाई अन्याय गरेको भन्दै अदालत जाने चेतावनी दिएका छन् । मिडिया हबले भने भद्रगोलको निरन्तरता हो भनेकोछ । टेलिश्रङखलका लेखक तथा कलाकार जिग्रीले छलेर मिडियाहबले भद्रगोल आफ्नो ट्रेडमार्क बनाएको, शीर्ष गीत समेत थाहा नदिई राखी मिडिया हबले आफुहरुमाथि ठुलो ज्यादती गरेको बिरूद आफुहरु अदालत जाने बताएका छन्। सम्झौता अनुसार एक सय ७६ भागको पारिश्रामिक समेत आफुहरुले नपाएको जिग्रीले बताए। उनले आफुहरुको सृजना चोरी भएको र बाँकी पारिश्रमिक पाउनु पर्ने माग सहित अदालत जाने बताएका छन्। मिडियाहबसंगको सम्झौता सकिएपछि पुरानो टिमले भद्रगोल रोकेका थिए ।