आज:  | Mon, 25, Sep, 2023

दशैं टीकाको साइत असोज २१ गते बिहान १०:३५ बजे

२०७६, २२ भाद्र आईतवार १७:१९ मा प्रकाशित ( ४ साल अघि) १५७३७ पाठक संख्या

खबरएक्सप्रेस सम्बाददाता 

बर्ष २०७६ को दशैं टीकाको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिको शनिबार बसेको बैठकले असोज २१ गते बिहान १०:३५ बजे लागि निर्धारण गरिएकोछ । दशैं घटनास्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो । पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले विजयी दशमीको दिन देवी विसर्जन गर्ने साइत भने २१ गते बिहान ८: ४५ बजे निर्धारण गरिएको जानकारी दिए । असोज १२ गते आइतबारदेखि नवरात्र शुरु हुने र नवरात्रको पहिलो दिन घटनास्थापना गर्ने साइत बिहान १०: ३५ बजे निर्धारण गरेकोछ ।दोस्रो दिन असोज १३ गते बिहान १०: २५ बजे नेपाली सेनाको झण्डा फेर्ने साइत तोकेको छ भने पश्चिम दिशातर्फ फर्किर झण्डा फेर्दा उत्तम हुनेछ त्यस्तै १६ गते पचली भैरवको यात्रा र १८ गते फुलपातीको समय बिहान ८: ५२ बजे तय गरेकोछ ।

खबर एक्सप्रेस