आज:  | Sat, 20, Apr, 2024

काठमाडौंमा आजबाट विद्युतीय बस सेवा

२०७६, २३ भाद्र सोमबार ०९:४८ मा प्रकाशित ( ४ साल अघि) १४७७५ पाठक संख्या

काठमाडौं उपत्यकामा आजबाट विद्युतीय बस सेवा सुरु हुने भएकोछ । निजी क्षेत्रबाट पहिलोपटक विद्युतीय सार्वजनिक बस सेवा सुरु हुने भयकोछ । सुन्दर यातायात प्रालिले पहिलो चरणमा दुईवटा विद्युतीय बसबाट रिङरोडमा सेवा दिने भएको छ। कम्पनीले तत्काल नै सातवटा बसमार्फत सेवा सुरु गर्ने जनाएकोछ । प्रालिले चीनबाट १८ वटा लामा आकारका विद्युतीय बस भित्र्याउने योजना बनाएकोछ । कम्पनीले वर्षभरिमा २५ वटा बस काठमाडौंमा सञ्चालन गर्नका लागि ल्याइने योजना रहेको जनाएकोछ । ल्याउने बस ४० सिट क्षमता सम्मका हुनेछन् । कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी तीन किसिमका बस ल्याउनेछ । कम्पनीका अनुसार बसमा नै आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । त्यसबाट यात्रुले कार्ड राखेर आफ्नो तोकिएको भाडा भुक्तानी गर्न सक्नेछन् ।

खबर एक्सप्रेस