आज:  | Wed, 27, Mar, 2024

मन्त्रीलाई नेपालगंज विमानस्थलमा गालीगलौज सँगै अभद्र ब्यबहार

२०७६, २८ भाद्र शनिबार २३:०७ मा प्रकाशित ( ४ साल अघि) १९३३४ पाठक संख्या

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई बाकेको नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही यात्रुहरुले गालीगलौज सँगै अभद्र ब्यबहार गरेका छन् । मन्त्रीलाई गाली गर्दै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा ब्यापक प्रचार गरिएको छ । उता मन्त्री भट्टराईले विमान चढ्न ढीलो भएकोमा क्षमा मागेका छन् ।

त्यही जहाजमा ज्ञानेन्द्र शाहीको टोलीले पनि भएकोले प्लेनभित्र मन्त्री भट्टराईलाई थर्काउँदै गरेको भिडियो खिचेको हो । काठमाडौं आउने विमानलाई मन्त्रीले एक घण्टासम्म कुराएर यात्रुलाई सास्ती दिएको भन्दै शाही लगाएतको  टोलीले मन्त्रीमाथि हप्कीदप्की गरेको भिडियोमा देख्न सकिन्छ ।

मन्त्रीले आफ़नो सामाजिक संजालबाट उक्त घटना बारे माफ़ी मागेका छन

खबर एक्सप्रेस