आज:  | Tue, 26, Sep, 2023

३०० शैयाको प्रदेश अस्पताल भवन निर्माण सम्पन्न

२०७६, ३० भाद्र सोमबार २२:१९ मा प्रकाशित ( ४ साल अघि) २५१८५ पाठक संख्या

सुर्खेत सम्बाददाता, नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा संघीय सरकारले निर्माण गरीदीएको ३०० शैयाको नवनिर्मित अस्पताल भवन एक समारोहका विच उद्घाटन गर्नुभयो । सोही समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको तर्फबाट धन्यबाद दिनुभयो l अस्पताल करिव ५४ करोडको लागतमा निर्माण सम्पन्न भएकोछ भने सम्झौता अनुसार भवन करीब ६ महिना अगावै निर्माण सम्पन्न भएको हो । अब यो अस्पताल भवनको निर्माण पुरा भएपछि अब कर्णालीका जनताले उपचारका लागि बाहिर जानुपर्ने समस्याबाट मुक्ति पाउँदै जाने र ठुलो सहयोग भएको स्थानीयले बतायका छन् ।

खबर एक्सप्रेस