आज:  | Thu, 07, Dec, 2023

राप्रपाले एनसेल प्रकरण विरुद्ध आन्दोलन गर्ने : अध्यक्ष कमल थापा

२०७६, ३१ भाद्र मंगलवार २०:३७ मा प्रकाशित ( ४ साल अघि) २४०३९ पाठक संख्या

खबरएक्सप्रेस सम्बाददाता । 

राप्रपाको न्यायिक समितिद्वारा आज काठमाडौंमा आयोजित एनसेल प्रकरण विषयक अन्तरक्रिया कार्यक्रममा राप्रपा अध्यक्ष एब पूर्वउपप्रधानमन्त्री कमल थापाले एनसेल प्रकरणको विषयलाई आन्दोलनको रूपमा लिने भन्दै उस्तै परे देश र जनताका लागी पार्टीको झन्डा नलिएर भएपनी नागरिकहरुसँग मिली आन्दोलन अघि बढाउने बताउनु भयो । यो प्रकरणले देशलाई ठुलो आर्थिक घाटा पुर्‍याएको भन्दै एनसेल करछली प्रकरण नेपालको इतिहासकै ठूलो भ्रष्टाचार काण्ड भएको बताउँदै अब राप्रपाले आन्दोलन गर्ने उद्घघोस् गर्नुभयो । राप्रपा यस्तो पार्टी हो जसले कुनै भ्रष्टाचार नगरेको त्यस्ता कान्डमा संलग्नता पनि नभएकोमा गर्ब लाग्ने गरेको बताउदै अध्यक्ष थापाले अहिलेको अवस्था रही रहे देश खतरामा पर्ने बताउनु भयो। यो प्रकारणमा राप्रपाले संसदमा जोड्दार आवाज उठाउने बताउनु भयो ।

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव द्वरिकानाथ ढुङ्गेलले एनसेल १२औं पटक बिक्री गर्दा १ खर्ब ४४ अर्बमा बिक्री भएकोमा राज्यलाई तिर्नुपर्ने कर नतिर्ने र राज्यले पनि चासो नदिने न्यायलयको फैसला पनी बिरोधाभास रहेकोले मुख्य न्यायधिशलाई जबाफ दिन अपिल गर्दै मुख्य राजनीतिक दल, तीनका मुख्य नेता, उच्च कर्मचारी प्रशासन र न्यायालयको नियत प्रती ठुलो शंका रहेको बताउदै अदालतले समेत एनसेलको विषयमा ठुलो त्रुटिपूर्ण फैसला गरि न्यायलाई समेत सिध्याएको बताउदै अब सबैजना जाग्नु पर्ने समय आएको भन्दै यसरी आवाज उठाउने राप्रपा पहिलो पार्टी हो भन्नुभयो।

एनसेल प्रकरण विरुद्ध लागेका अभियन्ता डा.सुरेन्द्र भण्डारीले एनसेल कर छली प्रकरणमा सर्वोच्च अदालतले राष्ट्रघाती, असंवैधानिक र गरिब जनतामारा फैसला गरेको बताउदै साधारण जनताले कर बुझाउनु पर्ने तर एनसेलले अहिलेसम्मको ४ सय अर्ब बक्यौता रकम राज्यलाई बुझाउनु नपर्ने भन्दै प्रती प्रस्न गर्दै यसरी आवाज उठाउने राप्रपा पहिलो पार्टी हो भन्दै धन्यबाद समेत दिनुभयो l 

नेपाल सरकारका पुर्व कार्यबाहक महालेखा परिक्षक सुकदेव खत्रीले एनसेल बिक्री प्रकरणमा नर्बेको टेलेसोनेरा कम्पनीले एनसेललाई बिक्री गरेको लगतै त्यो कम्पनी बन्द भएकोले त्यसको जिम्मेवारी एनसेलले लिएर कर तिर्नु पर्ने भन्दै एनसेलले कर तिर्न रकम छुटट्यायको भएता पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा भएको कानेखुशी बैठकले त्यो निर्णय मत्थर भएको बताउदै यसमा ठुला पार्टी र तत्कालिन राजस्वका प्रशासकको मिलोमतो रहेको सरकारी पत्रहरु लुकाइएको जुन पत्रहरु आफुसँग सुरछित रहेको बताय देसलाई डुबाउने काममा प्रशासक पनि लागेको बताउदै आफुलाई तत्कालिन समयमा आफ्नै कर्मचारी जो पार्टीको झन्डा बोकेका थिए उनीहरुले निकै असहयोग गरेको राजस्वका प्रशासकहरुले धम्की दिएको बताउदै आफुले ठुलो साह्स गरी त्यो बेला निर्णय गरेको कारण् आज एनसेलले कर तिर्न रकम बारे छलफल हुने गरेको बताउदै यसमा धेरैले आर्थिक फाईदा लिएको बताउनु भयो l 

कार्यक्रममा राप्रपाका वरिष्ठ नेताहरु,कानुनबिद, नागरिक समाज लगाएत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण राप्रपाको न्यायिक समितिका सभापती पूर्व मन्त्री कुन्ती कुमारी शाहीले गर्नु भएको थियो l  

खबर एक्सप्रेस