आज:  | Fri, 29, Mar, 2024

नेपाल रेयूकाईको १० सदसिय टोली जापानमा

२०७६, १ आश्विन बुधबार २२:५७ मा प्रकाशित ( ४ साल अघि) ३२३९० पाठक संख्या

रेयूकाई प्रधान कार्यालय जापानको निमन्त्रणामा नेपालबाट नेपाल रेयूकाईका राष्ट्रिय अध्यक्ष कैलाश बिक्रम शाहीको नेतृत्वमा जापान भ्रमणमा गएको एक टोलीले हालै जापानको बिभिन्न क्षेत्रको भ्रमणमा गरीरहेको छ, भ्रमण निकै फलदायीका साथै जापान र नेपालका रेयूकाईका सदस्य र सस्था बिचको सम्बन्ध निकै बलियो भएको मित्रताको सम्बन्ध बिस्तार भएको भ्रमण दलका सद्स्य महासचिब सुमन श्रेष्ठले जापानबाट बताउनु भयो ।

यही बिच हालै जापान रेयूकाई प्रधान कार्यालयको मिरोकुशान तालिम केन्द्रमा सम्पन्न अन्तराष्ट्रिय समारोहमा नेपालका ९ जना ब्यक्तिहरूले शाखा निर्देशक(शिबुचो) को प्रमाण पत्र मान्यता पाएका छन । प्रमाण पत्र पाउनेमा धरानका सुमन श्रेष्ठ, सुर्खेतका गगन सिंह एलसी र धन बहादुर गौतम, बाँकेका बिष्णु गिरी र टोपेन्द्र तूफान राणा काठमाण्डौका मोहनलाल लिगल र प्रकाश भूजेल, हेटौडाका नारायण शर्मा र निरोज़ माथेमा रहेका छन् ।

प्रधान कार्याल जापान रहेको नेपाल रेयूकाईले नेपाल देशमा बिभिन्न सामाजिक कार्यहरु निरन्तर संचालन गर्दै अाइरहेकोछ ।

खबर एक्सप्रेस