जनकपुरमा राजपा नेपालका पूर्व संयोजक महन्थ ठाकुरले गैरसरकारी संस्थाले आयोजना गरेको नेपालको संविधान २०७२ मा जनताको अवधारणामा राष्ट्रिय बहस विषयको छलफल कार्यक्रममा यदी संविधान संशोधन नगरेको खण्डमा हाम्रो मधेश अलग देश सम्म हुनसक्ने चेतावनी दिएका छन् । उनले भने थारु,मधेशी, जनजाती र आदिवासीले भनी रहेकाछन् कि अहिलेको यो संविधान हाम्रो होइन यदी यो अवस्था रही रहेमा हामी मधेशलाई अलग देश बनाउन सक्छौँ’ ठाकुरले चेतावनी दिएका छन् । सोही कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले पनि यो संविधानमा मधेशी, जनजाती,उत्पीडित, दलित, महिला,मुस्लिम थारु लगायतलाई समावेश नगरेकाले सर्वस्वीकार्य नरहेको बताए ।