आज:  | Mon, 25, Sep, 2023

देशै भर सफ़ाई अभियानको लहर

२०७६, ४ आश्विन शनिबार ११:४५ मा प्रकाशित ( ४ साल अघि) २१६३९ पाठक संख्या

आज बागमती सफ़ाई महाअभियानको ३३२औ हप्ताको अभियान सम्पन्न भयो आज महा अभियानलाइ वाटर कीपर अलाइन्स साउथ एशियाको टीमले सफ़ाई सामाग्री बूट, मास्क, पंजा सहित अधिकार सम्पन्न बाग्मती आयोजनाका अध्यक्षलाई हस्तान्तरण गर्यो भने उक्त टीमबाट बिभिन्न देशबाट आएका स्वयमसेवकले सफ़ाईमा साथ दियका थिए ।
देशभरका अभियन्ताको शनिबारको विहानीपख नदी, सार्वजनिक स्थल, सडक, खोला लगायतका स्थान सफाइमा बित्ने गरेकोछ । वाग्मती नदी सरसफाइ अभियानबाट थालनी भएको ७ बर्ष पुग्दा पनी त्यही जोशमा सफाइ अभियानका लहरहरू आइरहेका छन अहिले एक सयभन्दा बढी स्थानमा सफाई भईरहेको छ।
धेरै अभियन्ताले सरसफाइ आफ्नो दायित्व र जिम्मेवारीबोध भएर प्रत्येक शनिबार हप्ताको २ घण्टाको समय सफाइमा बिताउने गरेका छन् । वाग्मती सफाइ अभियन्ताका अनुसार यो अभियानका कारण देश भर सफाइ अभियानले सकारात्मक सन्देश प्रवाह गरेको र हरेक तहका नागरिकको सक्रियता बढेको जानकारी गराए । तर नदीबाट ठोस फोहरको व्यवस्थान गर्न सफल भएपनि तरल फोहर तथा ढल व्यवस्थापन प्रत्यक्ष रुपमा सरकारी संयन्त्रको दायरामा रहेकाले अपेक्ष अनुसार सुधार नभएको बताए ।
काठमाडौ उपत्यकाका, बागमती,विष्णुमती, कर्मनाशा, मनोहरा, हनुमन्ते,गोदावरी, नख्खु, लगायतका नदी एवं अरनिको राजमार्ग सफाइ, मैतीदेवी क्षेत्र, आलोकनगर क्षेत्र, चक्रपथ सरसफाइ लगायतका बिभिन्न स्थानमा सफाइ अभियान संचालन भईरहेका छन् ।यो अभियानका कारण नागरिकमा जनचेतना फैलिएकोछ।
पूर्वको विर्तामोड क्षेत्रका अभियन्ता विष्णु आचार्यका अनुसार पूर्बमा यो अभियानले तिब्रता लिएको बताय भने सुदूरपस्चिममा पनी यो अभियानले जनमानसमा जनचेतना जागेको र सबैजना सफ़ाई अभियानमा जुटीरहेको धनगढ़ी सफ़ाई अभियन्ता नर बहादुर शाही बताउनु हुन्छ अहिले यो क्षेत्रमा विभिन्न संघ संस्था, सामाजिक व्यक्तित्व, शैक्षिक संस्था, सुरक्षा निकाय तथा नागरिकको सक्रिय सहभागिता रहने गरेको बताय । नेपालगंज,सूर्खेत,लमहि,दांग,तुल्सीपुर,चितवन,हेटौडा,जनकपुर,लगाएतका विभिन्न स्थानमा पनी यो अभियान निरन्तर जारीछःहरेक शनिबारको २ घण्टा सामाजिक काममा बिताउदा धेरैलाई आत्मसन्तुष्टि प्राप्त हुने गरेको सबै अभियन्ता बताऊछन् ।

बागमती सफ़ाई महाअभियानको ३३२औ हप्ताको तस्बिरहरु
    

खबर एक्सप्रेस