आज:  | Tue, 20, Feb, 2024

दशैको लागी टिकट बुकिङ खुल्ला

२०७६, ५ आश्विन आईतवार २१:४५ मा प्रकाशित ( ४ साल अघि) १६४०० पाठक संख्या

नेपालीहरुको महान चाड दशैँ नजिकदै गर्दा राजधानीबाट देशका बिभिन्न भागमा जाने यात्रुको सुबिधाका लागी आजबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । यसका लागी तयारी पूरा भएसँगै यसपटक भने थप टिकट काउन्टरको पनि व्यवस्था भएकोछ तर यात्रुहरूले भने टिकट काउन्टरमै गएर लिनको लागी महासङ्घको अनुरोधछ ।
दशैँको बेला भीडभाड हुने भएकाले यात्रुको सुरक्षाका लागि पनि विशेष सावधानी अपनाइएको छ भने टिकट नलिएका यात्रुलाई भने बसमा चढ्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नपाउने महासङ्घले बताएकोछ ।
टिकट काठमाण्डौंको नयाँ बसपार्क, पुरानो बसपार्क,सुन्धारा, कलङ्की, गौशाला, कोटेश्वरबाट अग्रिम टिकट बुकिङ गर्न सकिनेछ तर टिकट तोकिएकै काउन्टरबाटै लिन महासङ्घले सर्वसाधारणलाईअनुरोध गरेको छ । टिकट लिदा कसैले प्रलोभनमा नपर्न महासंघले अनुरोध गरेको छ। अग्रिम टिकट बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म बिक्री हुनेछ । केही निजी कम्पनीले अनलाइनबाटै टिकट बुक गरिरहेका छन्

खबर एक्सप्रेस