आज:  | Fri, 08, Dec, 2023

स्वर्ग जाने लिस्नु

२०७६, ५ आश्विन आईतवार २३:११ मा प्रकाशित ( ४ साल अघि) १६५२४ पाठक संख्या

यी तस्बिर कर्णाली प्रदेशको दैलेख जिल्ला स्थित गराँस गापा वडा न. ६ को कोटको हो । हरेक बर्षातको समयमा यहाँका नागरीक अझ बिशेष गरी विद्यालय जाने बालबालिका यहि रुखको अस्थाई पुलबाट बर्षौदेखी आवत जावत गर्ने गर्छन । यो खोलाको पारी आर्दश प्राथमिक विद्यालय पर्ने भएकाले दैनिक यही माध्यमबाट साना साना बालबालिकाहरु खोला आवत जावत गर्ने गर्छन यस सम्बन्धमा विद्यालयका प्राधानाध्यापक योगेन्द्र राना निकै चिन्तित हुदै भन्नु भयो बिधार्थीहरु यहि खोलाबाट आवतजावत गर्दा निकै ठुलो समस्या पर्ने गरेको छ यो समस्याबारे सम्बन्धित निकायको ध्यान अहिलेसम्म जान नसकेको दुखेसो पोखे गाऊलेले रुख काटेर आवत जावत गर्ने अस्थाई पुल बनाएका छन् जुन पुललाई उनले हाम्रो गाऊको स्वर्ग जाने लिस्नु भनी नामाकरण गरेका छन् ।
कर्णाली प्रदेश सरकारले मुख्यमन्त्रि पूर्वाधार बिकास कार्यक्रम अन्र्तरगत सडक,पुल,जलबिधुत,खानेपानी,सिचाई,पर्यटन,संचार र बस्ती बिकासको लागी धेरै बजेट बिनियोजन गरेको भएता पनि यस्ता समस्या तिर नजर नपुगेकोमा उनको र गाऊलेको गुनासो छ ।
तस्बिर स्वर्ग जाने लिस्नु

खबर एक्सप्रेस