आज:  | Fri, 22, Mar, 2024

श्री एयरलाइन्सको जेष्ठ नागरिकलाई ५ सय रुपैयाँ मात्र भाडा

२०७६, ६ आश्विन सोमबार १५:५२ मा प्रकाशित ( ४ साल अघि) १७९१९ पाठक संख्या

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नियुक्ती भएसँगै उनले महत्वकाछी योजना ल्याए उनलाई धेरैले उडाए तर उनको एउटा योजना हवाई टिकटमा ७० वर्षभन्दा माथिका नागरिकलाई ५० प्रतिशत छूट दिने घोषणा गरेपछि उनलाई साथ दिदै नेपाल एयरलाइन्सले ५० प्रतिशत छूट घोषणा गरेको थियो । मन्त्रीको निर्णयलाई निजी लगानीको वायुसेवा कम्पनी श्री एयरलाइन्सले केही मात्रामा साथ दिदै श्री एयरलाइन्सले ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँ मात्र भाडामा सेवा दिने जनाएको छ यो निर्णय १२ असोज २०७६ बाट लागु हुने भएको छ । हरेक एक उडानमा दुई जना जेष्ठ नागरिकले उक्त छूट मूल्यमा सेवा दिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार ७५ वर्षभन्दा माथिको उमेरका जेष्ठ नागरिकलाई भने इन्धनको मूल्य र करबाहेक भाडामा ५० प्रतिशत छूटको अफर ल्याइएको जनाएको छ ।
जेष्ठ नागरिकले छूट पाऊन यात्रा गर्ने व्यक्तिको उमेर खुल्ने सक्कल नागरिकता वा आधिकारिक परिचयपत्र पेश गर्नुपर्ने जनाएको छ। यो सुबिधा लिन एयरलाइन्सका बिक्री काउन्टर र श्री एयरलाइन्सको एप वा वेवसाइटबाट मात्र उपलब्ध हुने जनाएको छ । उड़ानका बेला उमेर खुल्न नसके छूट पाइने छैन भने टिकट रद्द वा परिवर्तन  समेत गर्न नपाइने कम्पनीले बताएको छ ।

खबर एक्सप्रेस