आज:  | Thu, 28, Mar, 2024

धादिङको सिस्नेखोलादेखि नागढुंगासम्म २० मिनेटमा

२०७६, ६ आश्विन सोमबार १९:२६ मा प्रकाशित ( ४ साल अघि) १३९८२ पाठक संख्या

धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा जोड्ने सुरुङमार्ग निर्माणको सम्झौता भएको छ । नागढुंगा सुरुङमार्ग आयोजनाले जिम्मा लिने गरी जापानी कम्पनी हाजमा,आन्दो जेभीसँग आज ठेक्का सम्झौता भएको हो ।
करिब १५ अर्ब २५ करोडको लागतमा निर्माण हुने सुरुङमार्ग तिहार लगतैबाट निर्माणको काम थालनी ग़र्ने गरी सम्झौता भएको छ ।
निर्माण ग़र्ने कम्पनीको नेपालमा राम्रो छबी बनाएर काम गरेको हाजमाले नेपालमा बिपी राजमार्ग र काटेश्वर-सूर्यविनायक खण्डलाई ८ लेनमा विस्तार गर्ने काम पनी यही कम्पनीले गरेको थियो । जून काम नेपालमा राम्रो मानिन्छ ।
यो बने सँगै नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड क्षेत्रमा हुने ट्राफिक जाम न्युनीकरण हुनेछ । यो सुरुङमार्गको लम्बाइ २.३५ किलोमिटरको हुनेछ भने सुरुङमार्ग निर्माण भएपछि २० मिनेटमा नै काठमाडौं प्रवेश गर्न सकिने दाबी निर्माण पक्षले दाबी गरेको छ

खबर एक्सप्रेस