आज:  | Thu, 28, Sep, 2023

नेपाल आयल निगमको कडा चेतावनी

२०७६, ७ आश्विन मंगलवार २०:५३ मा प्रकाशित ( ४ साल अघि) १२३३९ पाठक संख्या

नेपाल आयल निगमले गएको शुक्रबारको राति १२ बजेदेखि लागू हुने गरी एलपी ग्यासमा प्रति सिलिन्डर २५रुपैयाँ घटाउने निर्णय गरेको थियो तर कति स्थानमा ब्यापारीले घटेको मूल्यमा ग्यास बिक्री नगर्ने गरेको पाईएकोले यदी त्यस्तो भएमा बितरण केन्द्र र ग्यास उद्योगलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । यो निर्णयसँगै काठमाण्डौं उपत्यका लगायतका पहाडी क्षेत्रमा ग्यासको मूल्य प्रतिसिलिन्डर १३५० रुपैयाँ कायम भएको छ । बजार अनुगमनमा घटेको मूल्यमा किनबेच नभएको पाइएपछि निगमले सूचना निकालेर घटेको मुल्यमा ग्यास बिक्रि गर्न निर्देशन दिएको छ, अन्यथा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने जनाइएको छ ।

खबर एक्सप्रेस