आज:  | Wed, 27, Mar, 2024

भारतमा एक लाखभन्दा बढी नेपाली भाषीलाई आसामको राष्ट्रिय नागरिकता दर्ता सूचीबाट हटाइयो

२०७६, ८ आश्विन बुधबार १७:१३ मा प्रकाशित ( ४ साल अघि) २२८१७ पाठक संख्या

आसाम व्यूरो । भारतको पूर्वोत्तर आसाम राज्यको राष्ट्रिय नागरिकता दर्ता (एनआरसी)ले प्रकाशन गरेको अन्तिम सूचीमा एक लाखभन्दा बढी नेपाली भाषीको आसामको राष्ट्रिय नागरिकता दर्ता सूचीबाट हटाएको छ। भारतीय अंग्रेजी अखबार ‘द हिन्दू’का अनुसार एक लाखभन्दा बढी नेपाली भाषीलाई आसामको राष्ट्रिय नागरिकता दर्ता सूचीबाट हटाइएको त्यहाको भारतीय गोर्खा परिसंघले दाबी गरेको छ। गत शनिबार जारी गरेको सूचीमा नाम भएका व्यक्ति मात्र भारतीय मानिने छन् भने नाम दर्ता नभएका व्यक्ति स्वत विदेशी नागरिक मानिने छन्।

मार्च १९७१ भन्दा अगाडि आसाममा आएर प्रमाण भएकाहरुको मात्र नाम उल्लेख गरीएको छ। 

परिसंघका राज्य अध्यक्ष नित्यानन्द उपाध्यायले राज्यभरका स्थानीय संगठनका स्थानीय इकाईसँग कुरा गर्दा यो संख्या थाहा भएको अब हामी सँग डाटा आउन ३।४ दुई/तीन पर्खिरहेका छौं, उनले भने, ‘सूचीबाट हटाइएका आधिकारिक भारतीय गोर्खा नागरिकको संख्या एक लाखभन्दा बढी भएको आँकलन गरिएको छ।’‘एनआरसी आसामको ऐतिहासिक सम्झौतामा आधारित छ। समग्रमा एनआरसी आसा गरिएको लाइनमा छैन,’ उनले थपे।भारतीय गोर्खा परिसंघका नेता नन्दा किराती देवानले सूची पुनरालोकन गर्ने प्रक्रियाको अन्तिम समयसम्म गोर्खा समुदायले धैर्यता देखाउने बताए। एनआरसीको मस्यौदाबाट हटाइनेको संख्या आएको छ देवानले भने १ लाख गोर्खाली अस्वीकृत सूचीमा छन्। 

२० लाख जतिले संन्दिग्ध मतदाताको आरोप खेपिरहेका छन्। अन्य केहीले थर नमिलेकाले समस्या भोगिरहेका छन्।’

१९ लाख राज्यविहीन –
एनआरसीको अन्तिम सूचीमा १९ लाखभन्दा बढी मानिसको नाम समावेश भएको छैन। सूचीमा कूल ३ करोड ११ लाख मानिस सामेल गरिएकोमा १९ लाख राज्यविहीन भएका हुन्। यद्यपि सूचीमा नाम नभएकाहरूले १ सय २० दिनभित्र अपिल गर्न सक्नेछन्। तर, त्यसपछि के कारबाही हुन्छ भन्ने स्पष्ट छैन। अवैध बंगलादेशी आप्रवासी छुट्याउन यो प्रक्रिया आवश्यक भएको तर्क भारतले गर्ने गरेको छ। सूचीमा नअटाएका मानिसलाई तत्कालका निम्ति देश निकालाको सम्भावना भने नरहेको भारतीय मिडियाले उल्लेख गरेका छन्। गत वर्ष प्रकाशित यसअघिको मस्यौदा सूचीमा भने ४० लाख मानिसको नाम राखिएको थिएन।

खबर एक्सप्रेस